काठमाडौं- पास्नी भोजर खाएर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा कैलालीमा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।
कैलालीको जोशीपुर गाउँपालिका–७, हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। पास्नी भोज खाएर फर्कने क्रममा सुगरखालबाट भजनी नगरपालिका–९, कुणीतर्फ आइरहेको से१त ८८७० नम्बरको ट्याक्टर आइतबर राति दुर्घटना भएको हो। ट्याक्टर भजनी–९, कुणीका सुरज चौधरीले चलाएका थिए। उनी फरार भएकाले खोजी भइरहेको छ।
मृत्यु हुनेहरुमा भजनी– ९ कि अन्दाजी १५ वर्षीया चहाना चौधरी र सोही ठाउँकी ४५ वर्षीया दिलरानी चौधरी छन्।
घाइतेहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड र बर्दगोरिया अस्पतालमा पठाइएको कैलालीका डीएसपी कुलदीप चन्दले बताए।
दुर्घटना स्थलमा सई गणेशबहादुर सिंहको कमाण्डमा टोली खटिएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोशीपुरबाट ७ किलोमिटर पश्चिमतर्फ पर्छ। घाइते सबै भजनी–९ का स्थानीय हुन् ।
बर्दगोरिया अस्पतालमा उपचार भएकाहरुको विवरण
–कैलाली भजनी–९ बस्ने वर्ष ७० की दोहती डगौरा ढाडमा चोट –अवस्था मध्यम।
– सोही ठाउँकी ७० की पेपी डगौरा खुट्टामा चोट –अवस्था मध्यम।
–भजनी–९ कै ५१ की ज्योती चौधरी बायाँ हातमा चोट –अवस्था मध्यम।
–भजनी–९ कै वर्ष ५१ कि मगुली चौधरी दायाँ हात, गालामा चोट –अवस्था मध्यम।
–भजनी–९ कै वर्ष ६५ कि मेदी डगौरा छाती खुट्टामा चोट –अवस्था मध्यम ।
–भजनी–९ कै वर्ष २५ कि मधु चौधरी मुख दायाँ खुट्टामा चोट –अवस्था मध्यम।
–भजनी–९ कै वर्ष ३० कि रुपा चौधरी हात चोट –अवस्था मध्यम।
–भजनी–९ कै वर्ष ४/५ को हिमान्सु चौधरी मुखमा चोट –अवस्था मध्यम।
–भजनी–९ कै वर्ष २८ कि अनिता चौधरी घाटि बाया हातमा चोट –अवस्था मध्यम।
–अनिताको छोरा वर्ष ९ को रिदम चौधरी टाउकोमा चोट –अवस्था मध्यम।
अनिताको छोरी वर्ष ३ कि आरोही चौधरी टाउकोमा चोट –अवस्था मध्यम।
–भजनी–९ कै वर्ष ५५ कि तुन्नि चौधरी दाया हातमा चोट –अवस्था मध्यम।
–भजनी–९ कै ओली चरण चौधरीको छोरा वर्ष ८ को रिवस चौधरी मुखमा चोट –अवस्था मध्यम।
घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेका घाइतेहरु
कैलाली भजनी नपा– ९ बस्ने वर्ष १६ को रोहन चौधरी हात खुट्टामा चोट –अवस्था सामान्य।
वर्ष ३९ की कृष्णी देवी डगौरा हात खुट्टामा चोट –अवस्था मध्यम।
वर्ष१२ की रत्ना चौधरी कम्मरमा चोट –अवस्था सामान्य।
वर्र्ष ४० की आशा देवी डगौरा कम्मरमा चोट –अवस्था सामान्य।
वर्ष ४१ की सग्रामी चौधरी खुट्टामा चोट –अवस्था मध्यम।
वर्ष १२ को बिपिन चौधरी कम्मरमा चोट –अवस्था सामान्य।
वर्ष ३८ को फुलराम चौधरी खुट्टामा चोट –आवस्था सामान्य।
वर्ष १० को सन्तोष चौधरी मुख घटिमा चोट –अवस्था मध्यम।
वर्ष २२ कि हिरा चौधरी घाटी कम्मरमा चोट –अवस्था मध्यम, निजको साथमा ८ महिनाको छोरी, केही नभएको।
वर्ष ३० की रिता चौधरी सामान्य।
वर्ष १४ को क्षितिज चौधरी सामान्य।
वर्ष १३ को अमन चौधरी सामान्य।
वर्ष १२ कि रिया चौधरी कम्मरमा चोट –अवस्था सामान्य।
वर्ष ७ को वीरेन्द्र चौधरी अनुहारमा चोट –अवस्था सामान्य।
वर्ष ३१ कि सानु चौधरी हातमा चोट –अवस्था सामान्य।
वर्ष ६ कि अपेक्षा चौधरी सामान्य,
वर्ष ११ कि राकेश चौधरी खुट्टामा चोट –अवस्था सामान्य।
वर्ष ३ को सविन चौधरी सामान्य।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।