बर्दिया– बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु भएको छ। सोमबार बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।
बर्दियाको मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहोराले जानकारी दिए।
नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघले आक्रमण गर्ने गरेको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।