काठमाडौं– पछिल्लो साता र आइतबार पनि राताम्मे भएको सेयर बजारमा सोमबार भने २२.६५ अंकको उछाल आएको छ।
करिब १ अर्ब २९ करोड ८५ लाखको कारोबार हुँदा सेयर बजार उक्त अंकको बढुवा हुँदै नेप्से १९४९ अंकमा पुगेको छ।
सोमबार १७८ कम्पनीको मूल्यमा बढेको छ भने ३३ कम्पनीको मूल्यमा भने गिरावाट आएको छ। यद्यपि, ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
सोमबार सबै उपसूचकहरुमा हरियाली छाएको छ। जीवन बीमा ९४.३१, निर्जीवन बीमा ८३.५० ले बढेको छ। त्यस्तै, व्यापार उपसमूह ७७.३१, होटल तथा पर्यटन क्षेत्र ६७.६१, विकास बैंक ६२.९४, विद्युत ५६.५९, वित्तिय क्षेत्र २७.१३ अंकले बढेको छ।
सोमबार धेरै कमाउनेमा यूनिक नेपाल लघुवित्त, न्यादी हाइड्रो, नयाँ सारथी लघुवित्त, मानुषि लघुवित्त, विध्यवासिनी हाइड्रो रहेका छन्।
त्यस्तै, धेरै गुमाउनेमा सापोर्ट लघुवित्त, स्वभिवान लघुवित्त, सानीमा ग्रोथ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।