काठमाडौं- ‘गुण्डा नाइके’को रुपमा चिनिएका अभिषेक गिरी कैद मुक्त भएका छन्। ९ वर्ष लामो जेल सजय भुक्तान गरेर गिरी आइतबार जिल्ला कारागार मोरङबाट रिहा भएका हुन्।
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएर गिरी कारागार चलान भएका थिए। नेपाली कांग्रेसको आडमा गिरीले आपराधिक धन्दा चलाएका थिए।
कांग्रेस सरकारकै पालामा गिरीकै आग्रहमा उनलाई २०७८ मंसिरमा मोरङ कारागारमा सरुवा गरिएको थियो। मोरङ कारागारमा उनी चौकीदार बसेका थिए।
मोरङ कारागारबाट गत पुसमा उनलाई मकवानपुरको भीमफेदी कारागारमा सरुवा गरिए पनि पहुँच लगाएर उनी मोरङमै बसेका थिए।
गिरी विराटनगरकै स्थानीय हुन्। उनीमाथि सम्पति शुद्धीकरणको मुद्दा भने चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।