काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही भू-भागहरुमा मेघ गर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका १–२ स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।