• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो  

डम्मर बुढामगर/रासस    शनिबार, चैत ४, २०७९  ०७:४९
1140x725

बागलुङ– स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए। काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे। प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपर्थ्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो। शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो। प्रयोग गर्न पाइँदैनथ्यो। तर, अहिले त्यस्ता समस्या केही विद्यालयमा बाहेक धेरैमा छैन। पक्की भवन, खेलमैदान र अन्य पूर्वाधार अधिकांश विद्यालयमा बनेका छन्।   

विद्यालयमा भौतिक संरचना थपिँदै छन् भने गुरणस्तर खस्कँदो छ। पहिलेको जस्तो विद्यार्थीको चाप पनि छैन। गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या साह्रै न्यून छ। अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन्। विद्यार्थी घट्दै गएपछि बागलुङका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन्।  

जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिकालगायतका पालिकाले विद्यालय समायोजन गर्न थालेका हुन्। बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि चार विद्यालय समायोजन गरेको छ। २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए। यस वर्ष करिब चार विद्यालय समायोजन गर्ने चरणमा रहेको उनको भनाइ छ।  

घर्तीले भने, ‘विद्यार्थी कम भएका विद्यालयलाई नजिकको सँग ‘मर्ज’ गर्ने भएका छौँ, बजार क्षेत्रका विद्यालयमा विद्यार्थी निकै बढिरहेका छन्, अहिले समस्या भनेको गाउँका विद्यालयमा हो, गाउँबाट सबै मान्छेहरु सेवा सुविधा खोज्दै बजार झर्ने गरेका छन्, त्यसको प्रत्येक्ष असर गाउँका विद्यालयमा परेको छ, यहाँका केही विद्यालयमा भने विद्यार्थी बढी छन्।’

गलकोट नगरपालिकाले दर्जन बढी विद्यालय समायोजन गर्ने भएको छ। नगरपालिकाले समायोजनका लागि कार्यविधि बनाएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए। नगरपालिकाले कक्षा १–३ मा १५ जना, कक्षा १–५ मा २५ जना, कक्षा ६–८ मा २१ जना, कक्षा ९–१० मा २५ जना र ११–१२ मा २५ जना विद्यार्थी नभएका विद्यालयलाई समायोजन गरिने खड्काको भनाइ छ।  

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार विद्यार्थी कम भएका करिब १५ वटा विद्यालय समायोजन गर्ने अवस्थामा रहेका छन्। काठेखोला गाउँपालिकामा दुई विद्यालय समायोजन गर्ने स्थितिमा रहेका छन्। बागलुङ नगरपालिकामा पनि धेरै विद्यालय समायोजन गर्नुपर्ने देखिएको छ। नगरपालिकाले विद्यालय समायोजनसम्बन्धी नीति बनाएर पठनपाठनलाई प्रभावकारी बनाउने जनाएको छ। नगरपालिकाका शिक्षा शाखा अधिकारी धनप्रसाद पोखरेलले बजारमा भन्दा बढी समस्या गाउँका विद्यालयमा भएको बताए।  

‘गाउँमा साना कक्षामा विद्यार्थी छैनन्, बजारमा माथिल्लो तहमा पढ्ने विद्यार्थी छैनन्, ११/१२ पास गर्‍यो भने विद्यार्थी विदेश हिँडी हाल्छन्। यो बागलुङको मात्रै समस्या होइन देशभर यस्तै छ’, उनले भने, ‘नगरपालिकाले विद्यार्थीलाई मर्का नपर्ने गरी विद्यालय समायोजन गर्ने छ, थोरै विद्यार्थी भएको विद्यालयमा पठनपाठन गाह्रो नै हुन्छ।’

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ बढिरहेको छ। निजी विद्यालयमा तल्लो तहदेखिनै विद्यार्थीको चाप देखिन्छ। शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर वृद्धि गर्न नसकेसम्म विद्यार्थी बढाउन नसकिने बताए। सामुदायिक विद्यालय अब भौतिक पूर्वाधारमा कमजोर नभएको भन्दै गुणस्तर बढाउनतर्फ लाग्नुपर्नेमा प्रमुख उपाध्यायले जोड दिए।

Xtrem
Xtrem

‘सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ नभएको होइन, राम्रो पढाइ हुन्छ। जहाँका समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सक्रिय हुन्छन् त्यो विद्यालयमा निजीमा भन्दा राम्रो पढाइ भएको छ, उपलब्धि पनि उस्तै छ’, उपाध्यायले भने, ‘धेरै ठाउँमा सामुदायिक विद्यालयप्रति धेरैले चासो दिँदैनन्। गाउँका विद्यालयलाई राम्रो बनाउने विद्यार्थी टिकाउने हो भने समुदाय पनि जिम्मेवार हुन जरुरी देखिन्छ।’

उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण बसाइँसराइ भएको बताए। पछिल्लो समय मानिस विलासिता खोज्दै सहर बजार झर्ने र बालबालिकालाई पनि सँगै लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको उनको भनाइ छ। ग्रामीण क्षेत्र सबै प्रकारका विकासले जोडिए विद्यार्थी बढाउन सकिने उपाध्यायले बताए। 

जिल्लामा अहिले पाँच सय १४ सामुदायिक र ५९ निजी गरी पाँच सय ७३ विद्यालय सञ्चालनमा छन्। शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका अनुसार ६२ हजार तीन सय २१ जना सामुदायिक र ११ हजार तीन सय ७० जना गरी ७४ हजार तीन सय ५७ जना विद्यार्थी अध्ययनरत छन्। जिल्लाभर ७४ हजार तीन सय ५७ विद्यार्थी रहेका छन्। जसमा ३५ हजार नौ सय ८० छात्रा र ३८ हजार तीन सय ७३ जना छात्र अध्ययनरत रहेका छन्।  

जिल्लाभर १४ दशमलव आठ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गरिरहेका छन्। सामुदायिकतर्फ छात्र ३१ हजार आठ सय ९७ जना र छात्रा ३१ हजार चार सय २० जना छन् भने निजी विद्यालयमा छात्र छ हजार चार सय ७६ र छात्रा चार हजार पाँच सय ६० जना अध्ययन गरिरहेका छन्। 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्