सिन्धुली– सिन्धुलीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ। फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन्।
पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।