• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

जङ्गली बँदेल र बाँदरको दु:खले आँप खेतीतर्फ लागे किसान

64x64
नेपाल लाइभ बिहीबार, चैत २, २०७९  १०:४२
1140x725

धनकुटा– जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन्। डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन्। 

अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैनन् उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन्। तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस  गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँघेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबिसै घण्टा बाँदर र बँदेल रुँघ्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँछन् स्थानीय ६४ वर्षिय डेढराज दाहाल।

‘पहिले अरु बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँघ्नुपर्थ्यो’, उनले भने, ‘तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँघे पुग्छ।’ १२ वर्ष अघिदेखि १९ रोपनीमा आँप लगाएका दाहालले अहिले वार्षिक ३ लाख रुपैयाँसम्मको आँप बेच्ने गरेको बताए। तथापि असिनापानीजस्ता प्राकृतिक प्रकोपका कारण आँप खेतीमा पनि जोखिम कायम नै रहेको दाहालको भनाइ छ। 

Ncell 2
Ncell 2

त्यस्तै २५ रोपनीमा आँप खेती गरिरहेकी सोही गाउँकी ५५ वर्षीया उषादेवी विष्टले बँदेल र बाँदरले केही खानै नदिएपछि सबै जमिनमा आँप लगाएको सुनाइन्। विसं २०५३ देखि आँप रोप्न सुरु गरेर अहिले बगैँचा बनाएकी विष्टले त्यो बेला सम्झँदै भनिन्, ‘भर्खरै बिहे गरेर आउकी थिएँ, राति बारीको मकैमा बँदेल छिरेछ, बिहान हेर्दा सिरानबाट तलैसम्म लिपेको थियो।’ त्यो बेलादेखि सारा संसार गुहार लगाउँदा पनि यसको समाधान नभएपछि सबै गाउँले आँप खेतीतर्फ लागेको उनले जानकारी दिइन्।

बस्नेतले जस्तै विष्टले पनि वार्षिक ३  लाखसम्मको आँप बेच्ने गरेको सुनाइन्। बँदेलले रुख चढेर आँप नखाए पनि भुइँमा झरेको आँप खाएर हैरान पारेको उनको गुनासो छ। घरायसी सबै गर्जो र आराम बिरामी हुँदासमेत आँपको बगैँचा देखाएर ऋणपान गर्नुपर्ने हुँदा आँप नफलेको वर्ष भने ज्यादै समस्या हुने गुनासो उनले सुनाइन्।

जङ्गलको नजिक जमिन भएकाले वैकल्पिक खेतीका रुपमा आँप बगैँचा लगाउन थालेपछि अरुको जमिनमा ओस पर्ने भएकाले सबैले आँप लगाएका कारण हाल गाउँ नै बगैँचामा परिणत भएको उनको भनाइ छ। यस्तै १५ वर्षअघिदेखि १७ रोपनीमा आँप लगाउनुभएकी सोही गाउँकी पार्वती भण्डारी बँदेल आतङ्क सधैँ झेल्नुपरेको बताउँछिन्। ‘अहिले पनि बँदेलको बिगबिगी उस्तै छ,’ भण्डारीले गुनासो गर्दै भनिन्, ‘भुइँमा झरेको आँप त एउटा पनि खान पाइँदैन।’

वार्षिक १ लाखसम्म आँप बेच्ने गरेकी भण्डारीले आँपबाट मात्र जीवनयापन गर्न कठिन भएकाले श्रीमान् वैदेशिक रोजगार र आफू बाख्रापालनमा लागेको बताइन्। आँप पाक्ने सिजनमा सो क्षेत्रबाट १ किमि पूर्व कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित मुलघाटसम्म निस्कने अक्करको बाटो अक्सर बिग्रने हुँदा कुनै वर्ष धरै आँप कुहिएर बेच्न नपाइने उनले दुखेसो गरिन्।

आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन किसानसँग स्रोतसाधन र पहुँच नभएकाले यहाँ उत्पादित आँप बिचौलियालाई सस्तोमा बेच्न परेको उनको अनुभव छ। यो क्षेत्र जिल्लाकै आँप पकेट क्षेत्र हो। सहिदभूमी गाउँपालिका धनकुटासँग जोडिएको तमोर नदी किनारमा अवस्थित यस क्षेत्रको अन्य सिम्सुवा, गोपालपुर, पोखरेलगायतका गाउँमा आँप खेती विस्तारको क्रममा रहेको छ। जिल्लामा ५४ हेक्टरमा आँप खेती हुने कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष जिल्लामा एक सय ६० मेट्रिक टन आँप उत्पादन भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, ग... शुक्रबार, फागुन ८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, ग... बिहीबार, फागुन ७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, ग... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति बिहीबार, चैत ५, २०८२
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै बिहीबार, चैत ५, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक बिहीबार, चैत ५, २०८२
सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो बिहीबार, चैत ५, २०८२
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्