काठमाडौं– नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरिया छन्।
जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले उनीहरुलाई बुधबार लागु औषध र नक्कली नोटसहित घरबाटै पक्राउ गरेको हो।
उनीहरुको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद भएको छ।
त्यस्तै, मोबाइल, एम्पुल लागु औषधहरु, विभिन्न ११ देशका नोटहरु पनि बरामद भएको प्रहरीले जनाएके छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।