• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आलोपालो सरकार चलाउने सहमति भएको छ, माओवादीले कांग्रेसलाई धोका दिएको इतिहास छैन:  मोहन बस्नेत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, चैत १, २०७९  २०:५०
1140x725

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर गएका थिए। तर, पुससम्म आइपुग्दा सरकारको नेतृत्व गर्ने कुरामा कांग्रेस र माओवादीबीच कुरा मिलेन। माओवादी केन्द्र सत्ता गठबन्धनबाट अलग हुँदै एमालेसँगको सहकार्यमा नयाँ गठबन्धन बनाउन पुग्यो। सरकारको नेतृत्व आफूले लियो। तर, उक्त सत्ता गठबन्धन दुई महिनामै विभाजित भयो। फलस्वरुप नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेको छ। यही गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भए। सत्ता गठबन्धन परिर्वतन हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकांश मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति निर्वाचन र सरकार विस्तारका विषयमा पछिल्लो समय माओवादीसँग बाक्लो भेटघाटमा रहेका कांग्रेस नेता हुन मोहन बस्नेत। उनी पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा सदस्य निर्वाचित कांग्रेस केन्द्रीय सदस्य बस्नेतसँग सरकार विस्तार र नयाँ गठबन्धन निर्माणको केन्द्रमा रहेर नेपाल लाइभले गरेको कुराकानीको अंश: 

राष्ट्रपति निर्वाचन भर्खर सम्पन्न भयो। रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर कांग्रेस आफ्नो ढोक्सामा माछा पार्न सफल भयो हैन त? 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेजस्तै राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको ढोक्सामा माछा मात्र हैन, ह्वेल माछा नै परेको छ। 

अब उपराष्ट्रपति निर्वाचनमा के हुन्छ? 
उपराष्ट्रपति निर्वाचनमा पनि सत्ता–गठबन्धनका दलहरूले सहमति गरे अनुसारकै उम्मेदवारले जित हात पार्ने निश्चित छ। सत्ता–गठबन्धनले एक जना उम्मेदवार उठाउने निर्णय यसअघि नै गरेका छन्। सबै दलले त्यही उम्मेदवारलाई मत दिन्छन्।

गठबन्धन भित्रबाटै पनि धेरै उम्मेदवार छन् नि? 
सत्ता–गठबन्धनभित्र जति उम्मेदवार भए पनि दलहरूले मिलाउँछन्। हाम्रा नेताहरू अन्तिम समयमा सहमति गर्न सिपालु छन्। नेताहरूले अन्तिमसम्म मिलाउँछन्। गठबन्धन भित्रकै एक जना उम्मेदवारले भोट पाउँछन् र जित हुन्छ। 

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो। त्यो सरकार दुई महिनामै भत्कियो। अहिले तपाई‌ंहरूको सहयोगमा सरकार चलिरहेको छ। तर हालसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। यो अन्योल कहिलेसम्म? 
देश र जनताको हितका लागि यस्तो अन्योल देखिनु राम्रो होइन। देशको आर्थिक विकास र समृद्धिका लागि यस्ता घटनाक्रमहरू भइरहनु राम्रो मानिँदैन। तर राजनीतिक घटनाक्रमले यस्तो भएको हो। जुन ढङ्गले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हामी गठबन्धन बनाएर गयौं। सरकार बनाउने कुरामा कतिपय वार्ताकार र नेतृत्वले केही गल्ती गर्दा यस्तो अवस्था आएको हो।

नेतृत्वले बहुआयमिक भूमिका प्रदर्शन गर्न यो समस्या भएको थियो। हामीले त्यसलाई सच्याइसकेका छौं। नयाँ शिराबाट अघि बढेका छौं। हिजो पाँच दल थिए भने अहिले आठ दल भएको छ। यो गठबन्धन अब भत्किँदैन। यही बीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अनि आचारसंहिताको कुरा आएका कारण सरकार विस्तार हुन नसकेको हो। चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै २ दिन भित्र सरकारले पूर्णता पाउँछ।

दुई–तीन दल मिल्दा त लामो समय सरकार नचल्ने हाम्रो अभ्यास छ। तपाईंहरू आठ दल मिलेर दीर्घकाल वा पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ भनेर कसरी विश्वास गर्ने?
कम्युनिष्टहरू मिलेनन्, यो सत्य हो। दुई तिहाइ नजिक हुँदा पनि उनीहरूले मिलेर काम गर्न सकेनन्। तर कांग्रेस अलि फरक छ। कांग्रेसले अरु दलको अस्तित्व स्वीकार गरेर मिलाएर लैजान सक्छ। हाम्रो सभापति शेरबहादुर देउवाले सबैलाई स्वीकार गर्नुहुन्छ। उहाँले कहिले पाँचदलीय त कहिले ६ दलीय मोर्चालाई समेत मिलाएर लगेको विगतको इतिहास छ। मिलाएर लैजाने क्षमता भएकै कारण दुई तिहाइको कम्युनिष्टको सरकार हुँदा पनि उहाँहरूको आन्तरिक कलह र विग्रहका कारण सरकारको जिम्मेवारी त कांग्रेसले सम्हाल्नुपरेको हो।

त्यस्तै केपी शर्मा ओलीको अधिनायकवादी शैली, भ्रष्टाचार र अरुलाई स्वीकार नगर्ने स्वभाव र क्रियाकलापका कारण दोस्रो अध्यक्षले नै सरकार नेतृत्व गरिदिनुपर्‍यो भनेर गएको हो नि। तत्कालीन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सरकार चलाइदिनुपर्‍यो र निर्वाचन सम्पन्न गर्नपर्यो भनेर शेरबहादुर देउवासमक्ष जानुभएको हो नि। उहाँहरूको आग्रहलाई स्वीकार गरेर नै कांग्रेस सभापति देउवाको नेतृत्वमा शान्तिपूर्ण रुपमा निर्वाचन पनि सम्पन्न भयो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यही कारण सबैलाई मिलाएर लैजाने र ठूलो पार्टी कांग्रेससँग सहकार्य भएको हो। यो सरकार लामो समय जाने आधार पनि यही हो। हिजो पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग दिक्क भएर आउनुभएको हो। पुस १० गते पनि एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि चौतर्फी घेराबन्दीमा परेपछि कांग्रेससँग आउनुभएको हो। प्रचण्ड पनि खारिएर आउनुभएको र कांग्रेसले मिलाएर लैजाने भएकाले अब स्थिर सरकार बनेर विकास र जनताका लागि काम गर्नुपर्ने सबैले मनन गरेका छन्।

अहिले दलप्रति जनताको वितृष्णा बढेको छ। यही वितृष्णाका कारण कसैले घन्टी र कसैले लौरो भन्न थालेका हुन्। हिजो पञ्चायतकालमा पनि नानीमैया दाहाललाई यस्तै भएर जिताएर पठाएका थिए। अब नेताहरूले सच्चिने अनि जनप्रतिनिधिहरूले पनि सच्चिएर जनताको काम गर्नुपर्छ। अब सबैले विगतबाट पाठ सिक्दै मिलेर काम गर्नुपर्छ र गर्नुहुन्छ। 

बहुदलकालमा पटकपटक नेपाली कांग्रेस प्रमुख शक्ति रहँदै आएको छ। शेरबहादुर देउवा पटकपटक प्रधाननमन्त्री बन्नुभएको छ। तर अरु पार्टीमा भद्रगोल आउँदा मात्र उहाँ सत्ताको किङमेकर हुने गरेको देखिन्छ। मनमोहन अधिकारीदेखि नेकपासम्म आउँदा यही अभ्यास देखिन्छ नि? 
भद्रगोलको समयमा देउवा प्रधानमन्त्री हुनुभएको साँच्चै हो। तर तपाईंले भने जस्तो अन्य दलमा भद्रगोल हुँदा देउवाले अवसर छोपेको मात्र भने होइन। यसलाई फुटबलसँग तुलना गर्न मिल्छ। फुटबलमा जतिबेला भद्रगोल हुन्छ, त्यही बेला सक्षम खेलाडीले गोल हान्छ। भद्रगोल नहुँदा गोल हुन सहज हुँदैन। पास गर्दै जाँदा विपक्षी टिम भद्रगोल भएपछि गोल हाल्ने हो। शेरबहादुर देउवा यसमा सिपालु हुनुहुन्छ। शेरबहादुर देउवा नेपाली राजनीतिको मेस्सी हो। कम बोल्ने, हेर्ने अनि कहाँ भद्रगोल भएको छ, त्यही मौकामा गोल गर्ने। दुई महिनासम्म धैर्य गर्नुभयो। कांग्रेसभित्र नै उहाँलाई गाली गर्न थालिएको थियो। यो हुनुको एउटा कारण कांग्रेसको कार्य सम्पादन समितिको बैठकको निर्णय पनि थियो।

कार्य सम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। उक्त निर्णय उल्ट्याउने अधिकार पार्टी सभापतिलाई थिएन। केही कमजोरी वार्तामा सहभागी भएका साथीहरुको अपरिपक्वताले पनि भएको थियो। एकातिर देउवाले छोड्नुहुँदैन भन्ने अनि अर्कातिर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि छोड्नुहुँदैन भन्ने दोहोरो भूमिका कांग्रेसकै साथीहरूले गरेका थिए।

Xtrem

Xtrem

तत्कालीन समयमा पार्टी सभापतिको रुपमा शेरबहादुर देउवाले पनि आफैं अग्रसर भएर डाइनामिक नेतृत्व देखाउनुपर्ने थियो। तर उहाँले साथीहरूको विश्वास गर्नुभयो। यहाँ पनि केही कमजोरी भयो। तत्कालै बैठक बसेर निर्णय गरेर जानुपर्ने थियो। तर फेरि हामीजस्ता कार्यकर्ता र नेताको सहयोग लिएर आफ्नो साख ब्युँताउनुभएको छ। हामीले पनि यो बीचमा अब चुप लागेर बस्नुहुँदैन, सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति बचाउनुपर्छ भनेर लागेकै हो। विद्यादेवी भण्डारीले जसरी राष्ट्रपतिको भूमिका निभाउनुभयो, अब त्यस्तो हुन दिनुहुँदैन भनेर हामीले भूमिका खेलेको हो।

तत्कालीन समयमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भनेर लाग्ने मान्छेमध्ये म पनि एक हुँ। हामीले पार्टी सभापतिलाई मनाएर यो कदम चालेका थियौं। यही पृष्ठभूमिबाट नयाँ समीकरण बनेको हो।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुरानो गठबन्धन भत्केर नयाँ बन्दै गर्दा बाह्य चलखेल भएको र बाहिरी दबाब सामु प्रधानमन्त्री प्रचण्ड झुक्नुभएको आरोप लगाउनुभएको छ। नयाँ गठबन्धन बनाउन बाहिरी शक्तिको भूमिका छ कि छैन? 
बाह्य चलखेलको भएको भन्ने कुरालाई म मान्दिनँ। कठिन अवस्थामा नेपालका नेताहरू एक ठाउँमा उभिएर निकास दिने गरेका छन्। २०७२ सालमा संविधान निर्माण गर्दा संवैधानिक सम्वाद समिति थियो। त्यहाँ म पनि सदस्य थिएँ। त्यहाँ शीर्ष नेताहरू पनि हुनुहुन्थ्यो। मैले त्यहाँ नेताहरूले खेलेको भूमिका देखेको छु। त्यतिबेला विदेशी चलखेल भइरहँदा पनि हाम्रा नेताहरू एक ठाउँमा उभिएका थिए। त्यसले के सन्देश दियो भने, दलहरू एक ठाउँमा उभिएमा बाह्य चलखेलले केही हुँदैन। अहिले पनि फेरि एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको हो। केपी ओलीजी विपक्षमा पुगेर बर्बराउनुभएको मात्र हो। 

तपाईंले पार्टीकै नेताहरूको कमजोरीका कारण दुई महिनाअघि तत्कालीन सत्ता–गठबन्धन भत्किएको स्वीकार गर्नुभयो। यसमा बाह्य वा आन्तरिक कुन शक्तिले भूमिका खेलेको थियो? 
महत्वपूर्ण कुरा उठाउनुभयो। उहाँहरू आन्तरिक, बाह्व वा व्यक्तिगत महत्वाकांक्षा केले प्रभावित हुनुभएको थियो, उहाँहरूले नै जान्ने कुरा हो। तर तत्कालीन समयमा भने गल्ती भएकै थियो। पार्टी सभापति शेरबहादुर देउवालाई मिस गाइड गराएकै हो। एकथरी देउवालाई नछोड्नूस् भन्ने अनि एकथरी प्रचण्डलाई नछोड्नुस् भन्ने। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई स्वीकार गर्दैनन् भन्नेसम्मका कुरा साथीहरूले सभापतिलाई सुनाउनुभएको थियो। जसले गर्दा तत्कालीन समयमा गल्ती भयो अनि गठबन्धन टुट्न पुग्यो। 

अब सरकार विस्तार कहिले हुन्छ? 
अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता लागेको छ। यो आचारसंहिता सकिए लगत्तै सरकार विस्तार हुन्छ। राष्ट्रपतिको निर्वाचनमा यत्रो ग्याप नराखेको भए पनि हुने थियो। तर अब उपराष्ट्रपति चयन भएको दुई दिनभित्र सरकारले पूर्णता पाउँछ। सरकारले विश्वासको मत पनि विस्तारभन्दा अघि नै लिन सक्नेछ।

कांग्रेस बाहेक अरु कुन–कुन दलले विश्वासको मत दिन्छन्? 
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सहयोग गरिरहेको छ। आठ दल अहिले सँगै छन्। अहिलेसम्मको परिस्थिति हेर्दा एमाले बाहेक सबैले विश्वासको मत दिने सम्भावना छ।

कांग्रेस यस पटक कसको नेतृत्वमा र कति वटा मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जान्छ? 
हालसम्म सरकारका बारेमा कुनै छलफल भएको छैन। भागबन्डाका विषयमा कुनै कुरा नभएकाले यसै भन्न सक्ने अवस्था छैन। तर सरसर्ती हेर्दा गठबन्धनभित्र धेरै दलहरू भएकाले सबैलाई मिलाएर लैजानुपर्ने भएकाले संसदमा जसको हैसियत जस्तो छ, त्यही अनुसार मिल्छ। हिजो अप्ठ्यारो अवस्था त सहमतिमा भागबन्डा मिलाएर सरकार चलाइएको थियो भने अहिले नमिल्ने कुरै छैन। जहाँसम्म कांग्रेसको कुरा छ, एमालेले पाएको मन्त्रालयको संख्याभन्दा घट्ने अवस्था छैन।

कांग्रेसका उपसभापति र महामन्त्रीले आफू मन्त्री नबने भनिरहनुभएको छ। यस पटक शीर्ष तहबाट सरकारको नेतृत्व नहुने हो? 
यहाँ भूतपूर्व पदाधिकारी छन्। अरु पदाधिकारी छन्। भित्र एउटा अनि बाहिर अर्को कुरा पनि हुन सक्छ। म जान्न भन्नुको अर्थ साथी–भाइले कर लगाए भन्न खोजेको पनि हुन सक्छ। पदाधिकारीले म सरकारमा जान्न, पार्टीको काम गर्छु भन्नु राम्रो हो। उहाँहरूले पार्टीकै काम गर्नुपर्छ। तर दोहोरो भूमिका खेल्नु हुँदैन। मन्त्री बन्ने वा नबन्ने व्यक्तिगत स्वतन्त्रता पनि हो। सरकारमा बसेर काम देखाउन पनि सक्नुपर्छ। सरकारमा रहेका धेरै शक्तिशालीहरूले पार्टीमा हावा खाएका इतिहास पनि छन्। जेजे भए पनि कांग्रेस पार्टीभित्र सशक्त नेताहरू छन्। सरकारको नेतृत्व गर्नेहरूको खाँचो कांग्रेसमा हुँदैन। 

सरकारमा गठबन्धनका सबै दल सहभागी हुन्छन् कि हुँदैनन्? कोही बाहिर बसेर पनि सहयोग गर्ने कुरा भएको छ कि? 
सरकारमा गठबन्धनमा रहेका सबै दल सहभागी हुन सक्ने सम्भावना धेरै छ। मलाई सबैको प्रतिनिधित्व हुन्छ जस्तो लाग्छ।

केन्द्र सरकार त टुङ्गो लाग्ने भयो, प्रदेशहरूको भागबन्डा कसरी हुन्छ? 
प्रदेश सरकारको भागबन्डा केन्द्र सरकारको टुङ्गो लागेपछि हुन्छ। केन्द्र सरकारमा मर्का परेकाहरूलाई प्रदेशमा उचित स्थान दिनुपर्छ। उनीहरूलाई प्रदेशमा सम्बोधन गर्दा गठबन्धनमा सबैको सम्मान हुन्छ। प्रदेशमा पनि कांग्रेसको भूमिका केन्द्रमा जस्तै सबैलाई मिलाएर लैजाने नै हुन्छ।

केन्द्रमै फर्कौं, आलोपालो प्रधानमन्त्री हुने सहमति भएको भनिएको छ। फागुन १२ गते भएको सहमति अनुसार प्रचण्ड डेढ वर्ष, माधव नेपाल एक वर्ष र बाँकी डेढ वर्ष देउवा प्रधानमन्त्री हुने कुरा सत्य हो? 
आलोपालो सरकार चलाउने सहमति भएको सत्य हो। सहमतिअनुसार नै पहिलो कार्यकाल प्रचण्डले चलाउनुहुन्छ। त्यसपछि उहाँले छोड्नुहुन्छ। हिजोको दिनमा पनि शेरबहादुर देउवाले प्रचण्डलाई छोड्नुभएको छ र प्रचण्डले पनि देउवालाई छोड्नुभएको छ। त्यसैले माओवादी र कांग्रेसका बीचमा एकले अर्कोलाई धोका दिने काम अहिलेसम्म भएको छैन।

देश अस्थिर छ। अहिले पनि दलहरूका बीचमा खिचातानी मात्र देखिन्छ। काम चाहिँ कहिले गर्ने हो? 
अब आर्थिक समृद्धिका लागि काम गर्नु पर्नेछ। सबै दलले मुलुक र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। प्रतिपक्षले सरकारले गरेको गलत कार्यको आलोचना गर्नुपर्छ र राम्रा कामकोसर्मथन गर्नुपर्छ। सबै एक ढिक्का भएर अघि बढ्नुपर्छ। हामीले छिमेकीदेखि अन्य विदेशीसँग असंलग्न परराष्ट्र नीति लिएका छौं। यही अनुरुप अघि बढ्नुपर्छ। सबैसँग मित्रवत व्यवहार गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने
एमालेले बोलायो संसदीय दलको बैठक
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्