काठमाडौं– वीर अस्पतालले ५ जना नर्सलाई सेवाबाट हटाएको छ। लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका ५ जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै २०७६ असोज १ देखि बिदा स्वीकृत नगराइ अस्पतालमा अनुपस्थित भएकी सम्झना श्रेष्ठ, २०७६ फागुन ३० देखि अनुपस्थित भएकी स्टाफ नर्स सुशिला ढकाल, २०७४ चैत १ देखि अनुपस्थित भएकी जमुना सिटौला, २०७५ असार २२ देखि अनुपस्थित भएकी शान्ति लम्साल र २०७५ पुस १३ देखि अनुपस्थित भएकी ओमदेवी पुनलाई सेवाबाट हटाइएको जनाएको छ।
उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ बमोजिम सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।