काठमाडौं- नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले सोमबार वर्ल्ड जायन्ट्ससँग खेल्दैछ।
नेपाली समय अनुसार बेलुका ८:१५ मा सुरु हुने लेजेन्ड्स क्रिकेट लिगमा खड्का प्लेइङ ११ मा रहने सम्भावना छ।
यसअघि इन्डिया महाराजसँगको खेलमा खड्काले अन्तिम दुई बल खेल्ने मौका पाएका थिए र तीन रनको योगदान गरेका थिए। एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजलाई ९ रनले पराजित गरेको थियो।
वर्ल्ड जायन्ट्सले पनि उक्त टिमलाई २ रनले हराएको थियो। खड्का सम्मिलित टिममा शाहिद अफ्रिदीले कप्तानी गरिरहेका छन्।
जायन्ट्स आरोन फिन्चको कप्तानीमा छ। उक्ट टिममा तीव्र गतिका बलर बलर ब्रेट लीका साथै आक्रामक ब्याटर क्रिस गेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।