काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपाललाई चौथो सफलता हात लागेको छ। सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका हुन्।
उनले असरद भालालाई ललित राजवंशीबाट क्याचआउट गराए। भाला ३१ बलमा २० रनसहित खेलिरहेका थिए। यसअघि सन्दीपले १४औं ओभरमा सेसे बाउलाई बोल्ड आउट गरेका थिए। बाउ २८ बल १८ रनसहित खेलिरहेका थिए।
त्यसअघि हिरी हिरीलाई सोमपाल कामीले करण केसीबाट क्याचआउट गराएका थिए। हिरी २२ रनमा १४ बल बनाएर बाहिरिए।
पहिलो सफलता नेपाललाई ललित राजवंशीले दिलाएका हुन्। उनले चौथो ओभरको चौथो बलमा पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरेका हुन्।
पीएनजी १९ ओभरमा ४ विकेट गुमाएर ७० रनसहित खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।