काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेलमा नेपाललाई सन्दीप लामिछानेले तेस्रो विकेटको सफलता दिलाएका छन्। उनले १४औं ओभरमा सेसे बाउलाई बोल्ड आउट गरे।
बाउ २८ बल १८ रनसहित खेलिरहेका थिए। त्यसअघि हिरी हिरीलाई सोमपाल कामीले करण केसीबाट क्याचआउट गराएका थिए। हिरि हिरी २२ रनमा १४ बल बनाएर बाहिरिए।
पहिलो सफलता नेपाललाई ललित राजवंशीले दिलाएका हुन्। उनले चौथो ओभरको चौथो बलमा पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।