फाइल तस्बिर
काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ। सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।
छैटौं ओभरको पाँचौ बलमा सोमपालले विकेट लिएका हुन्। १४ रन बनाएर खेलिरहेका पिएनजीका हिरि हिरी सोमपालले करन केसीको हातबाट क्याचआउट गराए।
त्यसअघि ललित राजवंशीले पहिलो विकेट लिएका थिए। ललितले चौथो ओभरको चौथो बलमा पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरेका थिए।
ललितले आइतबार युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले पाँच विकेट लिँदा युएई ७१ रनमै समेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।