काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्।
चौथो ओभरको चौथो बलमा उनले पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरेका हुन्। दुई ओभर बलिङ गरेका उनले एक मेडनसहित जम्मा दुई रन दिएका छन्।
आइतबार युएईविरुद्ध उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले पाँच विकेट लिँदा युएई ७१ रनमै समेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।