• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दोषी ठहर नाबालिगलाई सर्तसहित अभिभावकको जिम्मा लगाए कैद बसेको मानिने

१४ वर्ष मुनिकाले ६ महिना सुधारगृह बसे पुग्ने
64x64
नारायण अधिकारी सोमबार, फागुन २९, २०७९  ०८:३९
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– कुनै मुद्दामा दोषी ठहर भएका नाबालिगलाई सर्तसहित अभिभावकको जिम्मा लगाए कैद बसेको मानिने अदालतले ठहर गरेको छ। सर्वोच्च अदादतको बृहत् पूर्ण इजलासले १ नाबालकको रिटमा फैसला सुनाउँदै नयाँ नजिर स्थापित गरेको हो।

२०७६ साउन ८ गते झापामा भएको ‘ग्याङफाइट’मा हत्या गरिएका १८ वर्षीय विक्रम लिम्बूको घटनामा दोषी ठहर भएका एक नाबालकको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला सुनाउँदै सर्वोच्चले सर्तसहित अभिभावकको जिम्मा लगाएमा पनि कैद बसेको मानिने उल्लेख गरेको हो।

२०७६ साउन ८ गते झापाको दमक नगरपालिका–१ दुर्गा मन्दिर पछाडि १८ वर्षीय किशोर विक्रम लिम्बूको ‘ग्याङफाइट’को क्रममा मृत्यु भएको थियो। उक्त ‘ग्याङफाइट’मा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय दमकले १७ जनालाई पक्राउ गरेर कर्तत्वय ज्यान तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो।

तीमध्ये ११ वर्षीय एक बालकलाई समेत जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो। दोषी ठहर गर्दै जिल्ला अदालत झापाले ११ वर्षीय बालकलाई १ वर्षसम्म सुधारगृहमा राख्नुपर्ने फैसला सुनाएको थियो। तर उक्त फैसलाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा फैसला सुनाउँदै सर्वोच्चले ६ महिना मात्रै सुधारगृहमा बस्नुपर्ने ठहर गरेको हो।

लिम्बू हत्याको घटनामा ११ वर्षीय बालक २०७६ साउन ११ गते पक्राउ परेका थिए। ११ वर्षीय बालकसहित १७ जनामाथिको अनुसन्धान सकेर प्रहरीले २०७६ साउन २८ गते जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। अदालतले ती ११ वर्षीय बालकलाई २०७६ भदौ १० गते अभिभावकको जिम्मामा छाडेको थियो।

२०७८ कात्तिक ८ गते कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको उक्त मुद्दामा फैसला सुनाउँदै जिल्ला अदालत झापाले ती ११ वर्षीय बालकलाई १ वर्ष सुधारगृहमा राख्नुपर्ने र बालकको तर्फबाट पीडितको परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलापछि गत वैशाख ४ गतेदेखि ती ११ वर्षीय बालक बाल सुधारगृह विराटनगरमा बस्दै आएका थिए। बालक सुधारगृहमा बसे पनि उनको तर्फबाट भने गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा गत जेठ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

अदालतले २०७६ भदौ ९ गते अभिभावकको जिम्मा छाडेदेखि नै ती बालक अभिभावकको नियन्त्रण (प्यारेन्टियल कस्टडी) मा रहेको रहेकाले उनलाई तोकिएको सजाय यसअघि नै भुक्तान भइसकेको दाबी रिटमा गरिएको थियो। 

nimb
nimb

उक्त रिटमा सर्वोच्चको संयुक्त इजलासका दुई न्यायाधीशहरु टंकबहादुर मोक्तान र कुमार चुडालको राय बाझिएको थियो। बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३७(७) र मुलुकी फैजदारी अपराध संहिताको दफा ४५ (५) अनुसार यी ११ वर्षीय बालकले गरेको अपराधलाई जघन्य कसुरको संज्ञा दिन नमिल्ने, बालकलाई सुधारगृह र कारागारमा राख्नुमा कुनै अन्तर नहुने, बालकलाई सुधारगृहमा राखिराख्नुपर्ने आवश्यक नरहेको राय सर्वोच्च अदालतको संयुक्त इजलासका न्यायाधीश टंकबहादुर मोक्तान गरेका थिए।

संयुक्त इजलासका अर्का न्यायाधीश चुडालले भने जिल्ला अदालतको फैसला कार्यान्वयनमा कुनै त्रुटि नदेखिएकाले रिट खारेज हुने राय राखेका थिए। त्यसपछि उक्त मुद्दा पूर्ण इजलास हुँदै बृहत् पूर्ण इजलासमा पुगेर टुंगो लागेको थियो। 

पूर्ण इजलासका न्यायाधीशरु अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा र नहकुल सुवेदी थिए। आनन्दमोहन भटराई, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाल श्रेष्ठको बृहत् पूर्ण इजलासले गत पुस ७ गते उक्त मुद्दामा फैसला सुनाएको थियो। 

बृहत् पूर्ण इजलासले १० वर्षदेखि १४ वर्ष मुनिको उमेरका बालबालिका ६ महिनाभन्दा बढी सुधारगृह बस्नु नपर्ने र सर्तसहित अभिभावकको जिम्मा लगाएको अवस्थामा सो अवधिसमेत सुधारगृहमा बसेको गणना हुने फैसला गरेको छ। हालसालै सार्वजनिक भएको उक्त फैसलाको पूर्णपाठमा यी विषयहरु उल्लेख गरिएका छन्।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ (२) ले ‘१० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरको बालबालिकाले कैद हुने कसुरजन्य कार्य गरेको भएमा मुद्दाको प्रकृति हेरी ६ महिनासम्म कैद र कैद नगरी १ वर्षसम्म बाल सुधारगृहमा राखिने छ’ भन्ने उल्लेख गरेको छ।

जसअनुसार ती बालकलाई ६ महिनामात्रै बाल सुधारगृहमा राख्नुपर्ने हो, होइन भन्ने विषयमा पूर्ण इजलासमा समेत मत बाझिएको थियो। बालबालिका सम्बन्धी ऐनअन्तर्गत फौजदारी दायित्व बेहोर्नुपर्ने उमेर समूहमध्ये १० वर्षदेखि १४ वर्षसम्मको उमेर समूहका नाबालिग सबैभन्दा सानो वर्गका व्यक्ति हुँदा यस्ता नाबालिगलाई ६ महिनासम्म मात्रै कैद राख्न सकिने भनिएकाले सुधारगृहमा राखे पनि ६ महिना भन्दा बढी राख्न नहुने बुझ्नुपर्ने बृहत पूर्ण इजलासको पूर्णपाठमा उल्लेख गरिएको छ।

बालबालिकालाई कैद तोकिएको अवस्थामा कैद राख्न नसकी सुधारगृहमा नै राख्नुपर्ने अवधि चाहिँ ६ महिना नभई एक वर्ष हुनुपर्छ भनि व्याख्या गरिनु बालबालिकको सुधार र पुन:स्थापनाको उद्देश्य प्रतिकूल हुने व्याख्या गरिएको छ।

मुलुकी फौजदारी अपराधसंहिताको दफा ४० को (१) ले समेत सुधारगृहलाई कैदको विकल्पको रुपमा लिएकाले अधिकतम कैद अवधि ६ महिनाभन्दा बढी राख्न नमिल्ने व्याख्या सर्वोच्चले गरेको छ। जसअनुसार ती ११ वर्षीय बालक गत वैशाख ४ गतेदेखि हालसम्म ६ महिना सुधारगृहमा बसिसकेकाले उनले एक वर्ष सुधारगृहमा बस्नु नपर्ने भन्दै रिहाइसमेत गरिएको छ।

अभिभावकको जिम्मा लगाएको हकमा भने उनलाई सर्तसहित नछाडिएकाले उक्त अवधिलाई सुधारगृहमा बसेको भनेर गणना गर्न नमिल्ने उल्लेख गरिएको छ। यदी जिल्ला अदालतले ती ११ वर्षीय बालकलाई सर्तसहित परिवारको जिम्मा लगाएको भए उक्त अवधि समेत सुधारगृहमा बसेको भनेर गणना हुने बृहत पूर्ण इजलासले उल्लेख गरेको छ।

११ वर्षीय बालकलाई सुधारगृहमा राख्न भनेर गत वैशाख ४ गते कैदी पुर्जी दिइएको देखिएको, बालबालिकालाई मुद्दाको पुर्पक्षको लागि थुनामा राख्नुपर्ने अवस्थामासमेत थुनामा नराखी बाल सुधारगृहमा राख्नुपर्ने र बालबालिकालाई कैदको सजाय ठहर भए पनि कैद वापत कारागारमा नराखी बाल सुधारगृहमै राख्नुपर्ने भएकाले सुधारगृहलाई पनि कैद मानिने भएकाले ६ महिनाभन्दा बढी सुधारगृहमा राख्नु नपर्ने व्याख्या सर्वोच्चले गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो बिहीबार, भदौ ११, २०८३
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्