काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा फिल्डिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले पाचौं विकेट दिलाएका छन्। उनले युएईका रोहन मुस्तफालाई बोल्ड गरेका हुन्।
यसअघि ललित राजवंशीले दुई विकेट लिएका छन्। उनले पहिलो र तेस्रो ओभर बलिङका क्रममा मेडन विकेट लिएका हुन्।
पहिलो ओभरमा वृत्य अरबिन्दलाई बोल्डआउट गरे। दोस्रो ओभरको चौथो बलमा मोहम्मद वासिमलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए। करण केसीका ठाउँमा राजवंशीलाई स्थान दिइएको हो।
यसैगरी तेस्रो ओभरमा दीपेन्द्र सिंह ऐरीले आर्यन लार्कालाई बोल्ड गरे। छैटौं ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका आसिफ खानलाई आउट गरेका हुन्।
पहिले ब्याटिङ गरेको नेपालले २४९ रनको लक्ष्य दिएको छ। उक्त लक्ष्य पछ्याउने क्रममा युएईले १४ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा ३६ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।