काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा फिल्डिङ गरिरहेको नेपालका लागि ललित राजवंशीले दुई विकेट लिएका छन्। आफ्नो दोस्रो ओभर बलिङका क्रममा उनले दोस्रो विकेट लिएका हुन्।
उनले दोस्रो ओभरको चौथो बलमा मोहम्मद वासिमलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए। पहिलो ओभरमा राजवंशीले मेडन विकेट खेलेका थिए। उनले वृत्य अरविन्दलाई बोल्ड गरेका हुन्। करण केसीका ठाउँमा राजवंशीलाई स्थान दिइएको हो।
यसैगरी दोस्रो ओभरमा सोमपाल कामीले एक चौका दिएर डट खेले भने तेस्रो ओभरमा दिपेन्द्र सिंह ऐरीले आर्यन लार्कालाई बोल्ड गरे।
पाँच ओभरको समाप्तिमा तीन विकेट गुमाएको यूएईलाई छैटौं ओभरको पहिलो बलमा सोमपाल कामीले अर्को विकेट लिँदै चार पुर्याए।
यसअघि ब्याटिङ गरेको नेपालले २४९ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।