काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २४९ रनको लक्ष्य दिएको छ। कमजोर सुरुवात गरेको नेपालका लागि रोहित पौडेलको कप्तानी पारीसँगै उक्त लक्ष्य तय गरेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले १० ओभर नखेल्दै तीन विकेट गुमाएको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै खेललाई प्रतिष्पर्धात्मक बनाएको छ।
आरिफ शेख ५ बल खेलेर खाता नखोल्दै युएईका बलर आर्यन लार्काबाट बोल्ड भए भने कुशल भुर्तेल ८ रन बनाएर अफजाल खानबाट एलबीडब्लु धरापमा परे। यसैगरी कुशल मल्ल जम्मा ९ रन बनाएर क्याचआउट भए।
कप्तान पौडेलले ११२ बलमा ७७ रन बनाउँदै नेपालको धरमराएको ब्याटिङ लाइन सम्हालेका थिए। यसैगरी भीम सार्कीले ३७ बलमा २९ रनको योगदान गरे।
आरिफ शेखले ५२ बलमा ४३ रन बनाएर नेपालको आंकडा उकासेका थिए। गुल्सन झाले ३२ बलमा ३७ रन बनाए। दिपेन्द्र सिंह ऐरीले २ छक्का र तीन चौकाको मद्दतले १९ रमा ३४ रन बनाउँदै रनरेट बढाउन सघाए। अन्य ब्याटर भने चल्न सकेनन्।
युएईकका लागि आयान खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले समान दुई-दुई विकेट लिए भने आर्यन लर्का र जनिद सिद्दीकीले एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।