काठमाडौं– इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाको हिरासत फोडेर भागेको एक थुनुवा डेढ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा हातहतियार तथा खरखजना मुद्दाका ३६ वर्षीय शंकर सिंह महतो छन्।
गत माघ १६ गते हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए। तीमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने दुई जना बाँकी थिए।
उनीहरुमध्ये महतोलाई पक्राउ गरेको हो। उनलाई २७ गते राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका–१६ इन्न्वास्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। अझै एक जना थुनुवा पक्राउ पर्न बाँकी नै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।