काठमाडौं– रुकुम पश्चिममा एक वृद्धको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या भएको थियो। हत्या अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन्।
रिसिइबीका कारण भएको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसपछि अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।