काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ।
लगातार कमजोर प्रदर्शन गरिरहेका ब्याटर ज्ञानेन्द्र मल्ललाई बेञ्चमा राखिएको छ। यसैगरी करण केसी पनि आइतबारको खेलमा प्रतिस्थापनमा परेका छन्।
टिममा ललित राजवंशी र गुल्सन झाले स्थान बनाएका छन्। यूएईसँगको आज आइतबारको खेल महत्त्वपूर्ण मानिएको छ। आजको खेलमा यूएई पराजित भएमा नेपाल तालिकाको चौथो स्थानमा उक्लिनेछ र ओडीआई मान्यता जोगिनेछ। यही जितले टप थ्रीमा पुग्दै विश्वकप जित्ने सम्भावना समेत कायम राख्नेछ।
सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेको यूएई छैटौ स्थानमा छ।
नेपाली प्लेइङ ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा र सन्दीप लामिछाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।