काठमाडौं- आइतबार माओवादीधारका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन हुनेछ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन विषयलाई लिएर मुद्दा परेपछि माओवादीधारका पार्टीहरू एक ठाउँ उभिएका छन्। उनीहरूले यसअघि पटक पटक संयुक्त छलफल गरिसकेका छन्।
उक्त छलफलहरूमा नेताहरूले यसको मिलेर प्रतिवाद गर्ने निर्णय गरेका थिए। संक्रमणकालीन न्यायको पक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका थिए। सोही अनुसार सरकारले गत विहीबार प्रतिनिधि सभामा विधेयक दर्ता गरिसकेको छ।
उता प्रचण्डविरुद्धको मुद्दामा भने सर्वोच्चले पहिलो सुनुवाइ गर्दै रिट निवेदकले मागेजस्तो अन्तरिम आदेश त दिएन तर, मुद्दालाई अग्राधिकार दिँदै कारण देखाऊ आदेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।