काठमाडौं– जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने निर्णय गरेको छ। जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए।
सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुन्। उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन्।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने यसअघि निर्णय गरेको थियो।
बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित यादवलाई उम्मेदवार बनाएर उक्त क्षेत्रवाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने तयारी गरेका थिए। तर जनमतले त्यसलाई रोक्नेगरी उम्मेदवार तय गरेको छ।
नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनुपर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनको उमेर नपुगेपछि उक्त निर्णयबाट जनमत पछि हटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।