• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
संस्मरण

माफ गर्नुस् भौकाजी सर, तपाईंको अन्तिम इच्छा पूरा भएको छैन

64x64
सपना श्रेष्ठ शनिबार, फागुन २७, २०७९  ०७:३९
1140x725

नसोचेकै कुरा संयोगले जुराउने रहेछ। चित्रकार डा.रामकुमार भौकाजी सरसँगको पहिलो भेट पनि उस्तै संयोगले जुर्‍यो। 

विसं २०७५को हिउँदतिर राष्ट्रिय अभिलेखालयमा केही महिनाका लागि आबद्ध थिएँ म। त्यस दिन (माघ १९) कामको सिलसिलामा म बिहानै पुगेँ अभिलेखालय। ११ बजेतिर  एक पाको मानिस अभिलेखालयमा आउनुभयो। 

एउटा कुनामा बसेर अमृता महर्जन दिदीसँग म काम गरिरहेको थिएँ। उहाँ ढोका छेउको कुर्सीमा बसेर पुराना दस्तावेज पढ्दै कम्प्युटरमा टापिङ गर्न थाल्नुभयो। मैले अमृता दिदीलाई सोधेँँ, ‘उहाँ को हो?’

दिदीले भन्नुभयो, ‘अनुसन्धानकर्ता डा रामकुमार भौकाजी।’ 

दुई बजे खाजा खाने समय। त्यहीबेला उहाँसँग बोल्ने मौका मिल्यो। उहाँले मलाई अमृताको बहिनी सोच्नुभएछ। जसले केही महिना त्यहीँ काम गर्नुभएको रहेछ। मलाई उनै भनेर बोलाउनुभयो। सुरुमा त बोलिनँ। 

‘चिनेको मान्छे पनि किन नबोलेको होला’ उहाँले सोच्नुभएछ।

म नयाँ मान्छे भन्ने थाहा पाएपछि उहाँले आफू झुक्किएको कुरा सुनाउनुभयो। एकछिन हाँसोको माहोल बन्यो। यही रमाइलो घटना हाम्रो परिचयको माध्यम बन्यो। त्यही समय मैले रमेशजंग सिँजापति सरलाई पनि चिन्ने मौका पाएँ। उहाँहरू दुवैजना ‘अनुसन्धानकर्ता’ भन्ने थाहा पाउँदा अचम्म लागेको थियो, ‘नेपालमा पनि अनुसन्धानकर्ता छन् र?’ 

अझ अचम्म त तब लाग्थ्यो, जब उहाँहरू एकै ठाउँ बसेर घोरिएर किताब पल्टाउँदै  लेखिरहनुहुन्थ्यो। मेरो नजरमा त अनुसन्धानकर्ता भनेको बाहिर हिँडेर, विभिन्न ठाउँ डुलेर लेख्नेहरू मात्र थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसदिन बर्दिया मधुवनको शिव विद्यासदन विद्यालयका विद्यार्थीहरूको चित्रकला संकलन राकुमार भौकाजी सरलाई दिइएको थियो। त्यतिबेलै थाहा पाएँ, उहाँ चित्रकार पनि हुनुहुँदो रहेछ!

त्यही दिन उहाँले मलाई चित्रहरूबारे बताउनुभयो। 

अभिलेखालयमा काम गर्ने समयमा विभिन्न पुराना दस्तावेजहरू र पुराना शब्दको अर्थ थाहा नहुँदा उहाँले प्रस्ट पार्नुहुन्थ्यो। ढड्डाका पुराना अक्षरहरू पढ्न पनि मलाई उहाँले सिकाउनुभयो। उहाँ निकै सरल र मिजासिलो स्वभावको हुनुहुन्थ्यो।

दिनभर आफ्नो काममा व्यस्त भए पनि खाजा खाने समय हामी सँगै हुन्थ्यौँ। मलाई बिस्कुट असाध्यै मनपर्ने र उहाँ पनि बिस्कुट मनपराउने। प्रायः खाजा खाने समय हामी सँगै हुन्थ्यौँ। उहाँ भन्नुहुन्थ्यो, ‘मैले नचढेको कुनै पहाड छैन र नखाएको कुनै बिस्कुट छैन।’

खाजा खाने समयमा उहाँले आफ्नो जीवनकालमा भोग्नुभएका अविस्मरणीय क्षणहरू सुनाउनुहुन्थ्यो। आफ्नो चित्रकलाको विशेषतादेखि चित्रकारहरूमा देखिएका प्रवृत्तिगत समस्या, सबै उहाँ सुनाउनुहुन्थ्यो। एकदिन सरले तत्कालीन अधिराजकुमारी श्रुतिको कलाप्रर्दशनी अवलोकनपछि आफूले लेखेको समीक्षा (पत्रिकासहित) देखाउनुभएको थियो मलाई।

उहाँका यी आत्मीय स्वभाव मेरा लागि प्रेरणा बन्न पुगेको कुरा अहिले महसुस हुन्छ।

आफुले ढुङ्गामा बनाएका चित्रहरू होस् या क्यान्भासमा रंग्याएको चित्र। उहाँका उत्कृष्ट रचना हेर्ने अवसर यही समयमा मिल्यो। ‘यस्ता चित्र विदेशीले ठूलो रकम प्रस्ताव गर्दा पनि बेचिनँ मैले छोरी,’ उहाँ सुनाउनु हुन्थ्यो।

उहाँ छात्रवृत्तिमा सोभियत संघमा चित्रकला पढ्न जाँदाका घटना वृतान्त मैले सुनेको छु। त्यही मध्येको एक घटना मलाई अझै याद छ। उहाँ भन्नुहुन्थ्यो, ‘जब पढ्न गएका नेपाली विद्यार्थीहरूलाई स्टेजमा बोलाएर नाच्न र गाउन लगाउँदा, केही गर्न नआएर रेशम फिरिरी गीतमा हात हल्लाएर नाचेका थियौँ।’

उहाँले हरेकपटक आर्ट काउन्सिलमा हुने प्रदर्शनीमा मलाई सहभागी गराउनुभयो। विभिन्न चित्रकार तथा अन्य व्यक्तिहरूसँग भेट गराउनुभयो। अध्ययन अनुसन्धानको क्रममा हामी भक्तपुरको चतुरब्रम्ह महाविहारमा पुगेका थियौँ। साथै दरबार क्षेत्रभित्रको राजा भूपतिन्द्र मल्लको भित्ते चित्रकला पनि हेर्न गयौँ।

हामीले भक्तपुरमा रहेको रामनारायण प्रजापतिको घर हेर्ने मौका पनि पायौँ। उहाँको घर नै मयुर झ्यालले प्रसिद्ध रहेछ। आफ्नै नेपाली कागज कारखाना रहेछ। विभिन्न स्तम्भमा जातक कथाहरू कुँदेर घरका खम्बाहरू सजाउनुभएको रहेछ। उहाँले परम्परागत कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै पर्यटकलाई आकर्षित गर्न लागिपर्नु भएको रहेछ।

हामीले ख्वप कलेजमा गएर त्यहाँ फाइन आटसर््को पढाइ राख्नुपर्छ भन्ने प्रस्ताव राखेपछि प्राचार्य रूपक जोशीले हामीलाई भक्तपुर नगरपालिकामा गएर कुरा राख्न अनुरोध गर्नुभयो। भौकाजी सर र म भक्तपुर नगरपालिका गएर यस कुरालाई मेयर सुनिल प्रजापति समक्ष राख्दा उहाँले स्वीकार गरी ख्वप माविमा नयाँ सत्रदेखि ललितकलाको पढाइ सुरु भयो।

आजीवन अविवाहित रहनुभयो उहाँ। म ‘किन बिहे नगर्नु भएको’ भनी प्रश्न गर्थेँ उहाँलाई। ‘एक्लो ज्यान जतिको आनन्द अरू कहाँ छ र छोरी,’उहाँ मुसुस्क हाँसेर जवाफ फर्काउनुहुन्थ्यो। मलाई उहाँ अरुसँग चिनजान गराउँदा छोरी भनेर चिनाउनुहुन्थ्यो।

उहाँ कहिलेकाहीँ बिरामी परेको कुरा हामीलाई लुकाउनुहुन्थ्यो। त्यतिबेला मेरो एउटा गुनासो रहन्थ्यो, ‘बिरामी पर्दा त छोरीलाई सम्झिनु नि।’ 

अभिलेखालयमा काम गर्दा उहाँलाई प्रायः भेट्न उहाँको साथी विपिन घिमिरे सर आइराख्नु हुन्थ्यो। उहाँलाई चिन्ने मौका मलाई अभिलेखालयले नै दियो। उहाँहरूको मित्रता देख्दा मलाई मदनकृष्ण र हरिवंशको झल्को दिइराख्थ्यो। भौकाजी सरको मोबाइल कहिले बिग्रने त कहिले कल नलाग्ने हुँदा विपिन सरले मलाई कल गर्नुहुन्थ्यो। उहाँलाई राम्रो मोबाइल बोक्नु भनेको एक नयाँ समस्या थप्नु झैँ हुन्छ भन्नुहुन्थ्यो । 

उहाँ समाजिक सञ्जालमा पनि कहीँ कतै जोडिन चाहनुहुँदैनथ्यो। नेपालबाट चित्रकलामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो उहाँ। आफ्नो पहिचानको लागि भए पनि फेसबुक आइडी तथा पेजहरू बनाउनुपर्छ भन्थ्यौ हामी। तर उहाँ सबै कुराबाट टाढा बस्न रूचाउनुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘सारा संसारलाई थाहा दिएर के गर्नु छ र। आफूले राम्रो काम, अध्ययन अनुसन्धान गर्ने तर आफ्नो प्रचारप्रसार भने नगर्ने। मलाई ती कुराबाट टाढा नै बस्न मनपर्छ।’

०००

अभिलेखालयमा केही महिनाको मेरो काम सकिएसँगै भौकाजी सरसँग भेटघाट पातलियो भयो। कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो ।

०७८ कार्तिक ४ गते दिउँसोतिर मोबाइलमा घण्टी बज्यो। कल भौकाजी सरको रहेछ। कहिले कल नलाग्ने उहाँको मोबाइलबाट कल आउँदा अचम्म नै लाग्यो। कल उठाएँ। उहाँले भन्नुभयो, ‘म भक्तपुरको क्यान्सर अस्पतालमा भर्ना हुन आउनुपर्ने भयो, के तिमी अस्पताल बस्दिन आउन भ्याउँछौ?’ म अचम्म परेँ। त्यति धेरै समयपछि कल गर्नुभयो, त्यो पनि अस्पतालमा बस्नको लागि भनेर। मन चिसो भयो। 

‘हुन्छ, म आउँछ,’ मैले भनेँ। 

म अस्पतालमा उहाँको कुरुवा बसेँ। आकस्मिक सेवामा उपचार गराएपछि उहाँलाई त्यही भर्ना लिने भयो। अस्पतालमा आफ्नो बुहारी छ भन्नुभएको थियो।  त्यसकारण अस्पतालमा त्यति धेरै गा¥हो हुन पाएन। दिनभरि म बस्थेँ। बेलुका उहाँको बुहारी पर्ने डा. कल्पनाले त्यहीँको नर्सलाई भन्नुभएको थियो। रातमा ती नर्स बस्नुहुन्थ्यो। 

०००

०७८ कार्तिक ८ गते उहाँको पिसाव राम्रो सँग नबगेपछि पाइप लगाइने भयो। पाइप लगाउन पनि साक्षी बस्नुपर्ने रहेछ। अनि बल्ल काम सुरू गर्ने रहेछ। मलाई साक्षी बस्न एकपटक त डर पनि लाग्यो। केही भयो भने के गर्ने? उहाँको आफन्त भाइलाई के जवाफ दिने? ‘भोलि केही अप्ठ्यारोमै पर्ने होइन?’ म केही डराएँ। तर, त्यो समयमा हस्ताक्षर गर्नु ठीक ठानेँ। मैले हस्ताक्षर गरेँ। अपरेसनपछि उहाँलाई  बेडमा लगेर राखेँ। उहाँको शरीरमा रगतको कमी थियो। भोलिपल्ट सम्ममा जसरी भए पनि रगत चढाउनुपर्छ भन्ने कुरा आयो। 

अस्पतालको अनुभव नभएको म एक्लै कहाँ रगत लिन जाने, के गर्ने? म अलमल्ल परेँ। डा.कल्पनाबाट पनि सहयोग लिन नसकिने थाहा पाएपछि कसलाई भन्ने, कहाँ गएर रगत ल्याउने? केही थाहा भएन। त्यससमय म मजदुर दैनिकमा काम गर्थेँ। अफिसको एकजना दाइ रगत दिन तयार हुनुभयो। मन शान्त भयो। 

भोलिपल्ट अस्पतालमा डाक्टरसँग कुरा गरेँ। होल्डवाला ब्लड नै ल्याउन भन्नुभयो। ब्लडको स्याम्पल लिएर म अस्पतालसँगैको रेडक्रस भवनमा गएँ । तर, त्यहाँ एक प्याकेट मात्र पाइने भनियो। अस्पतालमा भने जसरी भए पनि दुई प्याकेट ब्लड ल्याउन भनिएको थियो। कहाँ गएर ब्लड ल्याउने? म विलखबन्दमा परेँ। संयोगवस एकजना साथीको सहयोगले कान्तिपुर अस्पतालबाट पनि एक प्याकेट ब्लड मिलाएँ। त्यही ब्लड लिएर अस्पताल फर्किएँ। अर्को प्याकेट रेडक्रसबाट ल्याएँ।

बेलुका घर पुगेपछि रमेशजंग सिँजापति सरलाई कल गरेँ। सबै कुरामा आफूले हस्ताक्षर गर्नुपर्दा भोलि गएर केही भन्ने हो कि भन्ने डर मनमा रहिरहेको थियो। सरलाई सबै सुनाएपछि मन हलुका भयो। उहाँले सम्झाउनु पनि भयो। कार्तिक १६ गते विपिन सर भौकाजी सरलाई भेट्न अस्पताल आउनुभयो। उहाँले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुभएछ। त्यसपछि भौकाजी सर सा¥है रिसाउनुभयो। आफूलाई कसैले पनि भेट्न अस्पताल नआउन् भन्ने उहाँको इच्छा रहेछ। 

म मेरो परीक्षाका कारण केही दिन उहाँलाई भेट्न जान पाइनँ। तर, म नभए पनि उहाँका विद्यार्थी चित्रकारहरूलाई भेट्न जानु भनेर खबर पुर्‍याएको थिएँ। उहाँको विद्यार्थीमध्येको एक विकास तमखु हुनुहुन्थ्यो, उहाँलाई कल गरेर अस्पताल गइदिन अनुरोध गरेँ। उहाँले केही दिन कुरुवा बसिदिएर सहयोग गरिदिनुभयो। 

अर्का विद्यार्थी चित्रकार हरिओम मेहेता पनि पुग्नुभएछ। उहाँबाहेक भक्तपुरमा जति पनि चित्रकार तथा कलाकारहरू छन्, चिनेका प्रायः सबैलाई कल गरेर भेट्न जान खबर गरेँ।

उहाँलाई भेट्न अस्पताल, म मंसिर १६ गते पुगेँ। त्यसदिन भेट्दा उहाँ निकै स्वस्थ, फुर्तिलो देखिनुहुन्थ्यो। अब छिट्टै घर जाने कुरा पनि गर्नुभयो। उहाँ अस्पतालको बेडमा बस्दा पनि धेरै काम गर्नुपर्ने भनेर भनिराख्नु हुन्थ्यो। ‘अलि कम मात्र होस् न धेरै पुस्तकका काम बाँकी छन् सबै सकाउनुपर्छ’, उहाँ भनिरहनुहुन्थ्यो।

‘म धेरै कम्प्युटर चलाउन सक्दिनँ होला, अब तिमी र म सँगै काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो। अस्पतालमा हुँदा पनि चित्र बनाउने सामान ल्याउनुपर्ने रहेछ भनेर थक्थकाइरहनुहुन्थ्यो। ‘यहाँ जस्तो चित्र बनाउन आरामदायी अरू कहाँ हुन्छ र? उहाँ भन्नुहुन्थ्यो। त्यसको केही दिनमा उहाँ डिस्चार्ज भएर घर फिर्नुभयो।

उहाँ फागुन १२ गते पुनः अस्पताल आउनुभएको रहेछ। उपचार गराएर केही दिनमा घर जानुभएको रहेछ। घर जाने दिन मलाई कल गरेर अस्पताल नआउनु भनेर जानकारी दिनुभयो। त्यसपछि म समय–समयमा फोन गरेर उहाँको हालखबर सोधिराख्थेँ। उहाँलाई भेट्न खोज्थेँ। ‘म ठीक भएर आफैँ भेट्न आउँछु,’ उहाँको जवाफ हुन्थ्यो। 

एकदिन उहाँलाई गरेर हालखबर सोधेँ। ‘बेडको बेडमै छु,’ उहाँले भन्नुभयो। मैले भनेँ, ‘ हजुरलाई भेट्न आउन मन लागेको छ।’ उहाँले पहिलो पटक घरमा भेट्न बोलाउनुभयो। 

मैले उहाँको भाइको घर देखेको थिइनँ। विपिन सरलाई कल गरेर भेट्न जान समय मिलाउनु भनेँ। उहाँले पनि सरको भाइलाई कल गरेर भेट्ने समय मिलाउनुभयो। उहाँसँग २०७९ असार १६ गते भेट भयो। तर, के थाहा त्यही भेट उहाँसँग अन्तिम हुन्छ भन्ने!

विपिन सर, म, मेरो दिदी उहाँलाई भेट्न गएका थियौँ। त्यहाँ पनि सर भनिरहनुभएको थियो, ‘ मैले अझै धेरै काम गर्नुछ।’ उहाँले विपिन सरलाई आफूले ७ वटा पुस्तक लेखिसकेको र ती पुस्तक प्रकाशन गर्नुपर्ने कुरा भन्नुभयो। ‘त्यस्तो अवस्थामा पनि को मान्छे आफ्नो कामप्रति यति सर्मपित हुनसक्छ?’ मैले सोचेँ। 

साउन ५ गते बिहान एउटा नमीठो खबर कानमा पर्‍यो, ‘सर बित्नुभयो।’ 

विपिन सरले पशुपति बोलाउनुभयो। ‘अस्पतालमा त्यत्रो दिन बसेको मान्छे अन्तिम पटक अनुहार हेर्न नआउने,’ उहाँले भन्नुभयो। मन एकतमासले रोइरहेको थियो। भेटमा सधैँ म प्रेमले ‘पेन्टिङ सर’ भनेर सम्बोधन गर्थेँ। उहाँ गाला चाउरी पार्दै मुस्कुराउनुहुन्थ्यो। ७१ वर्षको मात्र हुनुहुन्थ्यो उहाँ। कर्ममा विश्वास गर्न सिकाउनु हुने उही मेरा ‘पेन्टिङ सर’ संसारमा हुनुहुन्न भन्दा कसरी पत्याउन सक्थेँ? 

भारी मन लिएर म त्यहाँ बिहान ८ बजे पुगेँ। 

पशुपतिमा उहाँको आफन्त र भाइहरूलाई देखेपछि गुनासो राखेँ। ‘सरको अन्तिम इच्छा भनेको उहाँको ल्यापटमा भएको सातवटा पुस्तक प्रकाशन गर्नु हो। अरू केही नगरे पनि ती पुस्तक भने प्रकाशन गरिदिनु,’ मेरो आग्रह थियो। उहाँहरूले ‘हुन्छ’ भन्नुभयो। मेरो फोन नम्बर लिनुभयो। 

सरले छाडेर जानुभएको निकै महिना बित्यो। तर, अहिलेसम्म न ती पुस्तक प्रकाशनमा आए, न मलाई कुनै फोन नै। उहाँसँगको अन्तिम भेटका अन्तिम शब्दहरू सधैँ कानमा गुन्जिरहन्छन्, ‘मेरा ७ किताब प्रकाशन गर्नुछ।’ के भौकाजी सरको अन्तिम इच्छा पनि कसैले पूरा गर्न सक्दैन? उहाँले सुन्नुहुन्थ्यो त मलाई भन्न मन थियो, ‘माफ गर्नुस् सर। तपाईंको अन्तिम इच्छा पूरा गर्न सकेका छैनौँ।’

फेरि पनि उहाँका आफन्तलाई मेरो आग्रह छ, ‘भौकाजी सरको इच्छा पूरा गरिदिनुस्।’

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:३९
  • #रामकुमार भौकाजी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सपना श्रेष्ठ
लेखकबाट थप
माफ गर्नुस् भौकाजी सर, तपाईंको अन्तिम इच्छा पूरा भएको छैन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्