काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।
शुक्रबार काठमाडौं बागबजारस्थित होटल हार्दिकमा औपचारिक कार्यक्रम गरी प्रतिवद्धतापत्र सार्वजनिक गरिएको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिए।
अनेरास्ववियुले स्थानीय तहको सरकारसँग समन्वय गर्दै बहालमा बस्ने विद्यार्थीका लागि घरभाडा छुटको व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता जनाएको छ। साथै बहालमा बस्ने विद्यार्थीहरुका लागि २५ युनिटसम्मको विधुत निशुल्क प्रयोग गर्नका लागि समेत पहल गर्ने उल्लेख गरेको छ।
यसका साथै अनेरास्ववियुले ७७ वटै जिल्लामा कम्तीमा त्रिविको एउटा आंगिक क्याम्पस स्थापनाका लागि पहल गर्ने, उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था, कानुन विषयका लागि छुट्टै कानुनी विश्वविद्यालय स्थापना, सुविधासम्पन्न छात्राबासको व्यवस्था, रोजगारमुलक शिक्षामा जोड दिने प्रतिवद्धता समेत जनाएकोछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।