संयन्त्रका संयोजक पूर्णबहादुर खड्का।
काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न ९ दलीय संयन्त्रको बैठक जारी छ। बैठक सिंहदरबारमा जारी रहेको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको सबै दलका दोस्रो तहका नेताहरू सदस्य रहेको उक्त समितिको बैठक २:३० बजेदेखि चलिरहेको छ।
यसअघि राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट हुने बताइएको थियो। तर, गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीसहितले दाबी गरेपछि बैठक बोलाइएको हो।
आगामी चैत ३ हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
राष्ट्रपतिमा बिहीबार यही गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।