काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फउल खेल्नेहरूका कारण झन्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन्।
शुक्रबार एमालेनिकट खेलकुद महासंघको नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले भने, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं। फउल खेल्नेहरूले दुई तिहाइमा झन्डै पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाइको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए।’
उनले विधि प्रक्रिया भन्दै प्रतिक्रियावादीको शक्तिमा पार्टी फुटाएर उनीहरूलाई बुझाउने कुचेष्टा गरेको टिप्पणी गरे। उनले त्यस्तो बेइमानी कार्यबाट सफलता प्राप्त नहुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।