काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति तथा उपपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयलाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दा राष्ट्रपतिको लिङ्गभन्दा फरक समुदाय वा लिङ्ग हुनुपर्ने निर्देशन गरेको छ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा खस आर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला वा फरक समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले आफ्नो मातहतको निकायलाई निर्देशन गरेको हो।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने तय भएको छ। त्यसका लागि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
उपरराष्ट्रपतिमा ९ दलीय गठबन्धनले जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवारी दिन लगाउने भएको छ। उता एमालेले भने उम्मेदवार उठाउने संकेत गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।