काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाने भएका छन्। ६ दिनका लागि सभामुख घिमिरे बहराइन जान लागेका हुन्।
शनिबारदेखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका संघको १४६औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका उनको सचिवालयले जनाएको छ।
सभामुखमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।
नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल टोलीको नेतृत्व गर्दै उनी बहराइन जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए। सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको धमलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।