काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ।
बिहीबार सम्पन्न निर्वाचनको प्रतिवेदन आयोगले शुक्रबार राष्ट्रपति भण्डारीलाई बुझाउन लागेको हो।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नेछ।
बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलका तर्फबाट उम्मेदवार रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए।
३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले १५ हजार ५१८ मतभार पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।