काठमाडौं– बिहीबार भएको निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत प्राप्त गरेका छन्। नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत प्राप्त गरे।
राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उनलाई सबैतिरबाट बधाई प्राप्त भइरहेको छ। निर्वाचित भएलगत्तै सुभकामना दिन पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको अंकमाल यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
पौडेललाई दुवै नेताले अंकमाल गरेर बधाई दिएका छन्। प्रधानमन्त्री प्रचण्डले नै राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने भन्दै तत्कालीन एमालेसँगको गठबन्धन तोडेका थिए।
![ramchandra badhai (11)1678369190.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (11)1678369190.jpg)
![ramchandra badhai (12)1678369190.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (12)1678369190.jpg)
![ramchandra badhai (9)1678369189.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (9)1678369189.jpg)
![ramchandra badhai (10)1678369189.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (10)1678369189.jpg)
![ramchandra badhai (8)1678369188.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (8)1678369188.jpg)
![ramchandra badhai (6)1678369187.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (6)1678369187.jpg)
![ramchandra badhai (7)1678369187.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (7)1678369187.jpg)
![ramchandra badhai (4)1678369186.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (4)1678369186.jpg)
![ramchandra badhai (3)1678369185.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (3)1678369185.jpg)
![ramchandra badhai (5)1678369186.jpg](https://nepallive.net/uploads/posts/ramchandra badhai (5)1678369186.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।