काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई शुभकामना दिँदै रास्वपा सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक मार्फत् पौडेल सिंगो देशको अभिभावक बन्नेमा आफूले विश्वास लिएको बताएका छन्।
उनले भनेका छन्, ‘मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’
बिहीबार भएको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।