काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि आठ दलीय गठबन्धनको सहमति अनुरुप कै परिणाम आएको प्रतिक्रिया दिएका छन्।
बिहीबार राष्ट्रपतिमा पौडेल निर्वाचित भइसकेपश्चात पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन स्वभाविक गतिका साथ अघि बढ्ने प्रक्रिया दिए। उनले गठबन्धनको सरकार बनिसकेपछि राष्ट्रप्रतिको जिम्मेवारीका साथ अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले सरकारको भागबण्डामा अल्मिनुभन्दा पनि देश र जनताको कुरा ठूलो भएको बताए। उनले कुनै पनि समस्याको वैज्ञानिक समाधान गर्नुपर्ने बताए।
राष्ट्रपति पौडेललाई सुझाव दिँदै उनले भने, ‘राष्ट्रपति राष्ट्रको अभिभावकको रुपमा राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ। राष्ट्रलाई असर पर्ने कुनै पनि काम गर्नु हुँदैन। देशको शीर निहुरिने र राष्ट्रको कुनै काम गर्न हुँदैन।’ अध्यक्ष नेपालले राष्ट्रका प्रति आफ्नो जीवन समपर्ण गर्नुपर्नेमा जोड दिए। उनले हालसम्म प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।