काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका उम्मेदवार तथा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्।
उनले शुभकामना दिँदै पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको भन्दै बधाई दिएका हुन्। बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा पौडेललाई नौ वटा दलहरुले सहयोग गरेका थिए।
उनीसँग नेकपा एमालेका सुभासचन्द नेम्वाङले प्रतिस्पर्धा गरेका थिए। निर्वाचन आयोगले भने अन्तिम मत परिणाम घोषणा गरेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।