काठमाडौं- मुलुकको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा पौडेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
यस्तो छ निर्वाचनको मत विवरणः
खसेको मतः ४९ हजार ५९१
रामचन्द्र पौडेलः ३३ हजार ८०२
सुवासचन्द्र नेम्वाङः १५,५१८
लामो समयसम्म कांग्रेसबाट राजनीति गरेका पौडेललाई उनको पार्टीका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी लगायतको साथ थियो।
एमालेबाट उम्मेदवार बनेका नेम्वाङलाई भने एमालेको मात्रै समर्थन थियो। अन्य पार्टीले उनलाई सघाउने घोषणा गरेका थिएनन्।
राप्रपा र नेमकिपाले पनि पार्टीगत निर्णय नै गरेर मतदान प्रक्रियामा भाग लिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।