काठमाडौं– राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना सुरु भएको हो।
संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो। प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ।
आजै सात बजेसम्म मतगणना सक्ने आयोगको तयारी छ। साथै आझै मतगणना सार्वजनिक गरी विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गरिनेछ।
राष्ट्रपति निर्वाचनको मतदानमा ३१३ संघीय सांसद् र ५१८ प्रदेश सांसद सहभागी भएका थिए। बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदान तीन बजे सकिएको थियो। राष्ट्रपतिमा कांग्रेसका तर्फबाट ९ दलको समर्थनमा रामचन्द्र पौडेल उम्मेदवार छन्। एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।