• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लिलामी प्रक्रिया लम्बिँदा करोडौं मूल्यका काठ सड्दै

64x64
रासस बिहीबार, फागुन २५, २०७९  १४:४८
1140x725

महोत्तरी– महोत्तरीको वनक्षेत्रमा विभिन्न समयमा कटान गरिएका रुखका काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने र धोद्रिन थालेका छन्। 

पूर्वपश्चिम राजमार्गको छेउ हुँदै बिजुलीको लाइन विस्तार (विद्युत प्रसारण लाइन) का क्रममा चार वर्षअघि कटान गरिएका र विभिन्न समयमा चोरी कटान हुँदै गर्दा र छापा मारेर नियन्त्रणमा लिइएका काठ लिलामी प्रक्रिया लम्बिँदा थाकमै सड्ने र धोद्रिने क्रम बढेको हो।

कटान गरिएका काठका मुडा वन क्षेत्रमा थाक लगाएकै ठाउँमा सड्दै छन्, धोद्रिँदै छन्। त्यस्तै चोरी कटान भएर नियन्त्रणमा लिइएका काठ न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा सड्ने र धोद्रिने क्रम बढेको हो। 

महोत्तरीका छ सवडिभिजन वन कार्यालयमध्ये गणन्ता सव डिभिजन वन कार्यालय मातहत मात्रै १५ हजार क्युफिट कू–काठ (साखुबाहेकका अन्य काठ) र चार हजार क्युफिट साखु (साल) का काठका मुडा लिलामी प्रक्रिया पर्खेर रहेका छन्।

कू–काठ साझेदारी वन व्यवस्थापन समिति र डिभिजन वन कार्यालय महोत्तरीको समन्वयमा लिलामी प्रक्रियामा लाने तयारी रहेको गणन्ता सवडिभिजन वन कार्यालय बर्दिबास–४ माइस्थानका प्रमुख सहायक वन अधिकृत रामसुन्दर साहले जानकारी दिए। 

डिभिजन वन कार्यालयका प्रमुखको छिटोछिटो हुने सरुवा र साझेदारी वन व्यवस्थापन समितिको नेतृत्व फेरबदलका कारण यसबीचमा लिलामी प्रक्रियामा लान ढिलाइ भएको सव डिभिजन सम्बद्ध कर्मचारी बताउँछन्।

चोरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ। नियन्त्रणमा लिइएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास र त्यसभन्दा माथिको जिल्ला अदालतमा हुने कानुनी व्यवस्था छ। यी मुद्दा किनारामा ढिलाइ हुँदा १०औं वर्षदेखि थाक लगाइएका काठ धोद्रिने र सड्ने गरेका वनसम्बद्ध कर्मचारीको भनाइ छ।

नियन्त्रणमा लिइ कारबाहीका क्रममा रहेका काठ डिभिजन वन कार्यालय महोत्तरी मातहतको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थान कार्यालय परिसरमा थाक लगाइएका छन्। मुद्दा किनारा नलागी यी काठ बिक्री लिलाम गर्न नपाइने व्यवस्थाले पुरानो भएर धोद्रिने र सड्ने गरेका सहायक वन अधिकृत साहले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो कार्यक्षेत्रको सवडिभिजनमा यस्ता साखुका काठ करिब चार हजार क्युफिट रहेको साहको भनाइ छ। बिजुलीको लाइन विस्तारका लागि चार वर्षअघि कटान गरिएका कू–काठ भने गणन्ता साझेदारी वन व्यवस्थापन समितिको समन्वयमा उपभोक्ताबीच लिलामी गरिने गरी प्रक्रिया अघि बढेको छ। 

‘हाम्रो कार्यालय (गणन्ता सवडिभिजन कार्यालय) क्षेत्रभित्र अहिले करिब चारहजार क्यूफीट साखुका गिंड (गिण्डा) लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन्’, कार्यालय प्रमुख साह भन्छन्, ‘कैयौं वर्षको घामपानी खाएर काठ बिग्रने गरेका छन्।’

लिलामीका लागि अदालती फैसला कुर्नु परेका काठको मूल्य करोडमा रहेको वन कर्मचारी स्वीकार गर्छन्। जिल्लामा डिभिजन वन कार्यालय र महोत्तरी जिल्ला अदालतमा यस प्रकृतिका कतिपय मुद्दा २०४८ देखिकै फैसला हुन बाँकी रहेको वन कर्मचारीको भनाइ छ।

डिभिजन वन कार्यालयमा २०४८ यता हालसम्म दुई सयको हाराहारीका वन मुद्दा (काठ चोरी निकासी) छन्। यी मुद्दा दुई लाख बिगोभित्रका हुन्। यसबाहेक दुई सयभन्दाबढी मुद्दा अदालतमा विचाराधीन रहेको कार्यालयले जनाएको छ।

Xtrem

Xtrem

अदालतमा मुद्दाको अत्यधिक चाप र मुद्दा फैसला प्रक्रियामा पुग्न नसकेका (अभियुक्तमध्ये केही फरार रहेका, साक्षी वकपत्र हुन नसकेका)ले फैसलामा ढिलाइ हुने गरेको बताइन्छ।

जिल्लामा डिभिजन वन कार्यालय र छ वटा सवडिभिजन वन कार्यालय छन्। गणन्ताबाहेकका सवडिभिजन वन कार्यालयमातहत पनि लिलामी हुन बाँकी रहेका काठका थाक छन्। नियन्त्रणमा लिइएका काठसँगै कैयौं ढुवानी साधन (ट्र्याक्टर, बयलगाडा) पनि मुद्दा फैसला पर्खंदा–पर्खंदै कवाडी बनेका गणन्ता सवडिभिजन वन कार्यालय परिसरमा देखिन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्