केही दिन पहिले मत माग्दै रास्वपा कार्यालयमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल।
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने भएको छ।
केही शीर्ष पदाधिकारीसहित संसदीय दलको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको एक सांसदले नेपाल लाइभलाई जानकारी दिए।
प्रतिनिधि सभामा रास्वपाका १९ सांसद छन्। यो पार्टीले प्रदेशमा उम्मेदवार नदिएकाले प्रदेश सांसद छैनन्।
राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसद मतदाता रहने व्यवस्था छ।
पौडेले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीसहित आठ दलको तर्फबाट उम्मेदवार हुन् भने एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।