काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १०० नम्बर दिएका छन्।
नयाँ राष्ट्रपतिका लागि बिहीबार मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै १०० नम्बर दिने बताएका हुन्।
अघिल्ला राष्ट्रपतिले विल्कुल ठीक काम गरेको ओलीको प्रतिक्रिया थियो। ‘दुई जनाले नै मोटामोटी ठीक गर्नुभएको छ। पछिल्लो राष्ट्रपति (भण्डारी)ले त अत्यन्तै राम्रो काम गर्नुभएको छ। त्यसैकारण त धेरै विरोध गरे स्वार्थी तत्वहरुले’, उनको भनाइ छ।
ओलीले यसअघि पनि राष्ट्रपति भण्डारीको प्रशंसा गर्ने गरेका छन्। बुधबार मात्रै उनले राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक भएको बताएका थिए।
ओली प्रधानमन्त्री हुँदा उनका कतिपय संविधानविरोधी गतिविधिमा राष्ट्रपति भण्डारी सहयोगी बन्ने गरेको आरोप लाग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।