काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायका सन्दर्भमा बदलाको भावनामा चल्न नहुने बताएका छन्।
बिहीबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले बदलाको भावनामा चलेर समाज अगाडि नबढ्ने बताए। त्यसरी संसार अगाडि नबढेको र हाम्रो देश पनि नबढ्ने बताए।
गत शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि संक्रमणकालीन न्यायको विषयले पुनः चर्चा पाएको छ। आदेश अनुसार मंगलबार रिट दर्ता भएको थियो। रिटमाथि बिहीबार सर्वोच्चमा सुनुवाइ हुँदैछ। न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा सो रिटको पेसी परेको छ।
सोही सन्दर्भमा प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले एकले अर्कालाई सजाय र दण्ड दिने भन्नुभन्दा पनि यसलाई एउटा टुंगोमा पुर्याउनका लागि पहल गर्नुपर्ने बताए। ‘जुन अन्तर्राष्ट्रिय नियम छ, प्रचलन छ, विधि छ, प्रक्रिया छ, त्यसको आधारमा नै यसलाई टुंगो लगाउनुपर्छ’, नेपाले भने।
उनले संक्रमणकालीन न्याय टुंग्याउनका लागि आयोगहरु बनेको स्मरण गराए। ‘कुनै क्रुर अपराध भएका छन् भने त्यस विषयवस्तुबाहेक अरु विषयवस्तुलाई हामीले विभिन्न हिसाबले संवाद र छलफलबाट टुंगो लगाउनुपर्छ’, नेपालले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।