काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटको सुनुवाइ साढे २ बजेदेखि मात्र सुरु हुने भएको छ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दाको सुनुवाइ २:३० बजेपछि हुने भएको हो। न्यायाधीश श्रेष्ठको अर्को संयुक्त इजलास भएकाले ढिला सुनुवाइ हुन लागेको हो।
संयुक्त इजलासका मुद्दा पहिले सुनुवाइ हुने अभ्यास र तय भएकाले प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ पछि हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा घ नम्बरमा पेसी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।