काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। गोलाप्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ।
प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको जिम्मा आफूले लिन्छु भनि दिएको अभिव्यक्तिलाई लिएर पीडितहरूले रिट दायर गरेका हुन्।
अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। प्रशासनले दरपिठ गरेपछि निवेदकहरू इजलासमा पुगेका थिए।
गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ता गर्न आदेश गरेको थियो। उक्त आदेशपछि मंगलबार रिट दर्ता भएको थियो।
उक्त रिटलाई खारेज गर्ने कि अघि बढाउने बिहीबार हुने आदेशले तय गर्ने छ। यदि सर्वोच्चले पहिलो सुनुवाइमै खारेज गरेमा यो प्रक्रिया नै समाप्त हुने छ भनेन कारण देखाऊ आदेश जारी गरेमा अघि बढ्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।