काठमाडौं- बिहीबार राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान हुँदैछ। मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्।
अध्यक्ष माधवकुमार नेपालले प्रदेश र संघीय सांसदहरूलाई १० बजे पार्टी कार्यालयमा उपस्थित हुन भनेका छन्। त्यसपछि सबैजना मतदानका लागि प्रस्थान गर्ने नेकपा एसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।