काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने भएको छ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्याणुसार राप्रपा राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्न लागेको हो।
बैठकले दुवै जना उम्मेदवार पार्टीको सक्रिय राजनीतिमार्फत् आएका कारण निष्पक्षता नहुने भएकाले राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
‘सैद्धान्तिक रुपमा राष्ट्रपति संस्थाप्रति हाम्रो फरक मत छ। संविधानले राष्ट्रपतिलाई संवैधानिक संस्थाको रुपमा परिकल्पना गरेको छ। अहिले उम्मेदवार बनेका दुवै उम्मेदवाहरू सक्रिय राजनीतिमा रहेकोले उहाँहरुबाट त्यो अभिभावकीय भूमिकाको हामीले परिकल्पना गर्न सकेनौं। त्यसकारण हामी तटस्थ बस्ने निर्णय गर्यौं’, लिङ्देनले भने।
राष्ट्रपतिका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।