काठमाडौं– जनता समाजवादी पार्टी (जसपा), नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुनेछ।
जसपाले बिहीबार बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन पनि निर्देशन दिएको छ। पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ।
बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ। जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन्। प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ।
आठदलीय सहमति अनुसार उपराष्ट्रपति जसपाले पाउने बताइएको छ। उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।