काठमाडौं– नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवाद चुलिँदो छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा शेखर कोइराला पक्षधर विद्यार्थीहरुले छुट्टै भेला गरेका छन्। बुधबार संस्थापन इतर पक्षले बाल्मिकी क्याम्पसमा छुट्टै भेलाको आयोजना गरेको हो।
उपत्यकाका ३५ वटा आंगिक क्याम्पसबाट सहभागी नेविसंघ इतर पक्षका नेताहरुको आकस्मिक भेलाले आसन्न स्ववियु निर्वाचनमा संस्थापन पक्षले एकलौटी तरिकाले टिकट वितरण गरे देशै भरका क्याम्पसमा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन्।
न्यायपूर्ण ढंगले टिकट वितरण नगरिए त्रिवि अन्तर्गतका देशैभरका क्याम्पसहरुमा अलग्गै उम्मेदवारी दिने निर्णय गरिएको कोइराला पक्षका विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए।
भेलाले कुनै खालका अप्राकृतिक गठबन्धनलाई स्वीकार नगर्ने निष्कर्षसमेत निकालेको नेता भट्टले जनाएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत गते हुँदैछ।
तर नेविसंघ भित्रको आन्तरिक विवाद भने सौम्य हुन सकिरहेको छैन। नेविसंघका संस्थापन र इतर पक्षले अलग्गै भेलाको आयोजना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।