• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रमिक महिलालाई छुँदैन महिला दिवसले

64x64
रासस बुधबार, फागुन २४, २०७९  १४:५४
1140x725

राँझा– बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन्। नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो। आज एक सय १३औं अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उनी साथीहरुसँगै कामको खोजीमा थिइन्। 

‘दिवस त ठूला मान्छेका लागि हो, हुनेखानेका लागि हो हामीलाई काम नै ठूलो हो, दिवस मनाएर के गर्ने?’, नेपालगञ्जमा कामको पर्खाइमा रहेकी वुधीले भनिन्, ‘दिवस भनेर जुलुसमा गयो भने त घरमा केटाकेटी भोकै हुन्छन् त्यसैले दिवस नमनाउने।’

सहरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरि र सभाको तयारी भइरहँदा वुधी थारू जस्ता श्रमिक महिला कामको खोजीमा भौँतारिरहेका छन्। उनीहरुलाई प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले छुनसकेको छैन।

बर्दियाको राजापुरबाट मजदुरी गर्न नेपालगञ्ज आएकी लक्ष्मी थारू भन्छिन्, ‘महिला दिवस मनाउन पाउने भाग्य भएको भए यहाँ किन काम खोज्दै हिँड्थ्यौं, काम पाइयोस्, ज्याला पाइयोस् यही नै हाम्रो दिवस हो।’

नेपालगञ्जमा कामको खोजीका लागि प्रत्येक दिन महिला पुरुष श्रमिक लाइन लाग्ने गर्दछन्। लाइनबाटै काम र ज्यालाको समझदारी भएपछि कामका लागि उनीहरु सम्बन्धित क्षेत्रमा जाने गर्दछन्।

आज अन्तर्राष्ट्रिय महिला दिवस भए पनि मजदुर महिलाको संख्यामा कुनै कमी थिएन। ‘दिवसले खान लाउन दिँदैन, काम त खोज्नैपर्‍यो। खान बस्न पर्‍यो’, लक्ष्मीले भनिन्, ‘दिवस मनाउने मनाउनुहुन्छ, हामीलाई दिवस मनाउने फुर्सद छैन।’

यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)ले कामको पर्खाइमा रहेका श्रमिक महिलाको स्वास्थ्य परीक्षण तथा दिवसबारे नेपालगञ्जमा जानकारी गराएको छ। 

श्रमिक महिलाको हक अधिकारबारे जानकारी गराउनाका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड र मास्क वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिए। उनका अनुसार नेपालगञ्जमा एक सय बढी श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका बारेमा परामर्श दिइएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य शान्ति ढकालले दिवसले वास्तविक श्रमिक महिलालाई समेट्न नसकेको स्वीकार गरिन्। दिवसलाई विना तयारी र औपचारिकतामुखी बनाइँदा पनि सम्बन्धित सरोकारवाला व्यक्ति नै छुट्ने गरेको उनको भनाइ छ।

‘यो कुनै दल, सङ्गठन वा व्यक्तिले चाहेर हुने कुरा होइन, वास्तविक श्रमिक महिलालाई दिवस मनाउन सक्ने वातावरणको लागि दीर्घकालीन सोचका साथ योजना हुनुपर्दछ’, ढकालले भनिन्, ‘अहिले स्थानीय सरकार, सामाजिक संघसंस्था र राजनीतिक दलका भ्रातृ सङ्गठनले दिवसको मर्मविपरीत आफू अनुकूल कार्यक्रम गर्ने गरेका छन्।’

मजदुर नेता पूर्णचन्द्र उपाध्याय वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई नछुने बताउँछन्। उनले दीर्घकालीन सोचका साथ नीतिगतरुपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने उल्लेख गरे।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आफूले चाहँदा चाहँदै पनि सबै श्रमिक महिलालाई दिवसमा समेट्न नसकेको बताइन्। उनले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमूलक काममा जोडिन महिलालाई आग्रह गरिन्। महिलाका सवालमा गाउँपालिकाबाट विभिन्न कार्यक्रममा बजेट विनियोजन भए पनि श्रमिक महिलाका तर्फबाट माग भई नआएकाले उनीहरुका लागि छुट्टै कार्यक्रम बनाउन नसकेको उपाध्यक्ष मल्लको भनाइ छ।

Xtrem

Xtrem

नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वास्तविक श्रमिक महिलाहरु अझै पनि दिवसको अर्थ, महत्व र कार्यक्रमभन्दा बाहिर रहेको बताए। ‘श्रमिक महिलालाई रोजगारको सुनिश्चितता, श्रमको उचित पारिश्रमिक लगायतका विषयमा यो दिवसले बोल्नुपर्ने हो तर त्यहो हुन सकेको छैन’, श्रेष्ठले भने, ‘सबै खाले श्रम गर्ने महिलाले श्रमको उचित मूल्य पाउनुपर्नेमा सरोकारवाला सबै पक्ष लाग्नु पर्दछ।’

हिजोभन्दा आज महिला दिवसको महत्व बढ्दै गएकाले यसलाई औपचारिकतामा मात्र सीमित राख्न नहुने सरोकारवालाको भनाइ थियो।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्