काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटक आफूलाई असफल हुने छुट नभएको बताएका छन्। साहस ऊर्जा लिमिटेडद्वारा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले केहीयता दिँदै आएको त्यस आसयको अभिव्यक्तिको पुनरावृत्ति गरेका हुन्।
'पूरै इमानदारिताका साथ, गम्भीरताका साथ देखापरेका समस्या समाधान गर्ने, देशको आर्थिक, राजनीतिक र सामाजिक सांस्कृति रुपान्तरणका निम्ति सम्पूर्ण तागत लगाउनुको विकल्प हामीसँग छैन', उनले भने।
सम्बोधनका क्रममा उनले दुई दिन अगाडि मात्रै आफूले नेपाल राष्ट्र बैंक, बैंकिङ एशोसियसनसँग सम्बन्धित पदाधिकारी, लघुवित्त, सहकारी, घरेलु लगायत व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर छलफल सुरु गरेको बताए।
'सबैको सामूहिक विवेक प्रयोग गरेर अहिले देखापरेका समस्याहरु समाधान गर्ने बारेमा उपायहरु निक्लिँदैछन्। मलाई विश्वास छ, केही दिनभित्रै हामीले नयाँ विश्वाससहित यो समस्या समाधानको प्रक्रिया अगाडि बढाउनेछौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।